लर्ड बुद्ध एजेकेशनल एकेडेमी लि- कर्मचारी संगठनले गर्यो शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम

मुख्य खबर


नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा रहेको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठन केन्द्रीय कमिटीले बडा विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको लेक्चर हलमा गरिएको कार्यक्रममा सयौंको संख्यामा कर्मचारीहरुको उपस्थिति रहेको थियोे । वि-स- २०६१ सालमा स्थापना भएको स्वतन्त्र संगठनले असार ३२ गते अधिबेशन पश्चात् नयाँ कार्यसमिति बनाएको थियोे । नयाँ कार्यसमितिले ३ महिनाक‍ो समयमा तिनवटा कार्यक्रम गरिसकेको संगठनकी सभापति रत्ना गिरीले बताउनुभयो ।

संगठनले तीज मिलन, कोहलपुरमा रहेको नील सागर वृद्धाश्रममा स्वास्थ्य जाँच , औषधि वितरण तथा खाद्यान्न वितरण कार्यक्रम गरि सकेको संगठनकी बरिस्ठ उपसभापति सुमन गिरीले बताउनुभयो ।

संगठनका सभापति रत्ना गिरीको अध्यक्षतामा भएको शुभकामना कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका निर्देशक डा- एम किदुवाई, विशिष्ट अतिथिका रुपमा नेपालगन्ज मेेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सहायक निर्देशक डा- रोमन किदुवाई, ग्रिन नेपालगन्ज क्लिन नेपालगन्जका अभियन्ता तथा वरिष्ठ प्लास्टिक सर्जन डा- विनोद कर्णको उपस्थिति रहेको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा नर्सिङ प्रमुख मेट्रोन ममता शर्मा, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष मुनिर खान, कर्मचारी संगठनका केन्द्रीय उपसभापति तथा जिफन्ट नेपालगन्ज उपमहानगरपालिका नगर कमिटी अध्यक्ष कृष्ण बहादुर बुढा, जिफन्ट बाँके जिल्ला इन्चार्ज तगा संगठनकी केन्द्रीय बरिस्ठ  उपसभापति सुमन गिरी, उपसभापति अशोक कुमार दिक्षीत, महिला उपसभापति सपना थापा, संगठनका निर्वतमान केन्द्रीय बरिस्ठ उपसभापति मुस्लिम खान, लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनमा सल्लाहकार सदस्यहरु शरद पोखरेल, लंक रोकाय, कर्मचारी संघका केन्द्रीय उपसभापति शहाबुद्दिन खान, कर्मचारी संघका विभागीय सभापति चन्द्र नारायण मण्डल, वरिष्ठ प्रशासकीय अधिकृतहरु बिष्णु पोखरेल, सन्जय पौडेल, अधिकृत प्रतिभा चौधरी, दिपेन्द्र झा, नर्सिङ अधिकृतहरु लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
कर्मचारी संगठनको नयाँ नेतृत्व आएपछि नयाँ ट्रेनिमा राखेका नर्सिङ स्टाफहरुलाई न्युनतम पारिश्रमिक दिलाएको , कर्मचारीहरुका उपदान, नियमित तलव भत्ता दिलाउनका लागि संगठनले कदम चालि सकेको सभापति गिरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *