नेपालगन्ज : जब चाडपर्व नजिकै आइरहेका हुन्छन् तब बैंकहरुका अधिकांश एटीएम मसिनले काम गरेका हुदैनन् ।
आज नेपालगन्जका बैंक अफ काठमाडौं लि-, सिद्धा्थ बैंक, एभरेस्ट बैंक लिमिटेड , एन आइ सी एसिया बैंक लगायतका बैंकहरुका एटीएम राखिएका सटरहरु कतै बन्द गरिएको त कतै आउट अफ सर्भिस भन्ने म्यासेज मसिनमा लेखिएको भेटिएपछि सेवाग्राहीहरुले आक्रोश व्यक्त गरेका छन् ।

दशमीमा घर जान, नयाँ नोट सटही गर्नका लागि मान्छेहरु प्रायजसो बैंकहरुका एटीएम मसिन भएका ठाउँमा झुम्मिएको देखिन्थ्यो । आज नयाँ नोट सटही गर्नका लागि एभरेस्ट बैंकको नेपालगन्जमा रहेको एटीएम मसिनमा गए तर त्यहाँ सटर नै बन्द गरिएको थियोे सुर्खेत घर भएका कृष्ण बहादुर बुढाले दुखेसो व्यक्त गरे ।
नागरिक पथको टीम गुनासो सुनेपछि नेपालगन्ज बजारमा रहेका एटीएम मसिनहरु हेर्न जादा बैंक अफ काठमाडौं लि- धम्बोझीमा रहेको मेसिन राखिएको सटर बन्द थियोे भने बि-पी- चोक नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज नजिकै रहेको एटीएम मसिनले काम गरेको थिएन । त्यसैगरी एभरेस्ट बैंक लि- को पनि एटीएम सटर बन्द थियोे भने एन आई सी एसियाको धम्बोझीमा रहेको मेसिनले काम गरेको थिएन ।
सिद्धार्थ बैंक बि-पी- चोकमा रहेको एटीएम मसिन पनि बन्द रहेको थियो भने बि-पी- चोकमा नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज नजिकै रहेको एटीएम मसिनले काम गरेको थियोे । जताततै एटीएम मसिनले काम नगरेपछि सेवाग्राहीहरुको त्यहाँ भिडभाड देखिन्थ्यो ।
