बाँकेमा बीमा पीडित संघर्ष समिति गठन

अर्थ / बाणिज्य


नेपालगन्ज : लामो समयदेखी दावी भुक्तानी रोकिएका तथा बिभिन्न कारणले बीमा पोलिसी निरन्तरता रोकिदा विभिन्न बीमा कम्पनीवाट ठगिएका बिभिन्न पिडित ब्यक्तिहरुको भेला नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितीको कार्यालयमा भएको छ ।

भेलाले विभिन्न जिवन तथा निर्जिवन बीमा कम्पनीले ललाइ फकाइ बीमा गराउने गरेको र  दाबी भुक्तानी माग्न जाँदा बिबिन्न बहाना गरि टार्ने, भुक्तानी पाउनु पर्ने सम्झौता बमोजिमको पैसा नदिने गरेको, समयमा भुक्तानी नगरी झुलाएर ब्याज सुबिधा नदिएको, कोभिड बीमा दाबी भुक्तानी नदिएर झुलाएको भन्ने जस्ता विभिन्न ब्यथिती रोक्नैपर्ने निस्कर्षमा पुगी पिडितहरुको सघर्ष समिती गठन भएको छ ।

बीमा कम्पनीले गरेका ठगी तथा लापरबाहीले  बिभिन्न ब्यक्तीलाइ निकै अप्ठ्यारो परिरहेको अवस्थामा लामो समयदेखी बीमा क्षेत्रमा भएका बेथितिहरु तथा समस्या उजागर गर्दै आउनु भएका उद्योगी एवम् समाजसेबी जि आर भुसालको नेतृत्वमा ५ सदस्यीय  बीमा संघर्ष समिती गठन भएको छ जस्मा सदस्यहरु एम डि कडेल, दिपेन्द्र शाही, हरिहर भण्डारी र गंगा भण्डारी रहनु भएको छ ।

सघर्ष समितिले आजै निर्णय गरी विभिन्न परामर्श तथा आन्दोलनका कार्यक्रम तय गरेको छ जस अन्तगत जिल्ला भित्र बिमामा परेका समस्याहरुको वारेमा यही असोज ९ गते ११ बजे जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण बुझाउने, कम्पनीहरू भुक्तानी बक्यौता चाडो चुक्ता गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

समितीले यति गर्दा समेत सुनुवाइ नभएमा बीमा कम्पनीहरुमा ताला बन्दी तथा आम सर्वसाधारणलाई एेच्छिक बीमा नगर्न आह्वान गर्ने र थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै जाने निर्णय गरेको छ ।

बीमामा ठगिएका आम नागरिकहरुलाई गोलबद्द भै न्यायीक आन्दोलनमा जोडिन डिन समेत समितिले आग्रह गरेको छ र सरोकारवाला समक्ष सहयोगको अपेक्षा समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *