मर्नु भन्दा अघि नेपालगन्ज समृद्ध भएको हेर्ने चाहना छ डाक्टर  डा.विनोद कर्ण

लुम्बिनी प्रदेश बिशेष


गगन पौडेल

क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज अभियानका प्रमुख अभियन्ता डाक्टर कर्ण ले आउँदो संघीय निर्वाचनमा स्वतन्त्र उमेद्वारी दिने घोषणा गरेका छन।

बाँके २ (ख) क्षेत्रबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डाक्टर कर्ण ले  सडक-सडक, टोल-टोलमा पुगेर सरसफाइ सम्बन्धि सचेतना गर्ने, सडकका पेटीमा वृक्षारोपण गर्न उत्प्रेरित गर्ने, अस्पताल स्कुल कलेजहरु देखि बजारका सडकमा नियमित कुचोसमेत लगाउने गरेका छन ।

पेसाले चिकित्सक रहेका डा कर्ण । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका वरिष्ठ डाक्टर, पश्चिम नेपालमै एकमात्र प्लास्टिक सर्जन, काठमाडौ विश्वविद्यालयका सहप्राध्यापक हुन।

बाँके २(ख) क्षेत्रले नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ देखि १२सबै अनि १४ र १५ वडा समेटेको छ । स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै उनले नेपालगन्जलाई आफूले नमुना सहर बनाउन चाहेको उल्लेख गरेका छन।
उनकै शब्दमा:
“नेपालगन्जलाई आफूले नमुना सहर बनाउन चाहेको छु, मर्नुभन्दा पहिले पुरा गर्छु !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *