अनेमसंघ बाँके जिल्ला  युवा कमिटीद्वारा सिडियाेलाई ज्ञापन पत्र

नेपालगंज बिशेष स्थानीय तह



नेपालगन्ज :   अखिल नेपाल महिलासंघ बाँके जिल्ला  युवा कमिटीको आयोजनामा आज जिल्ला प्रशासन कार्यालय बाँकेका  सिडियोलाई ज्ञापनपत्र बुझाइएको छ ।

पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर, नालायक सरकार राजिनामा दे, लगायतका प्लेकार्ड बोकेर स्कुटी र गाडीका चाबी समेत सिडियोलाई हस्तान्तरण गरेकोे अनेमसंघ बाँके युवा कमिटी अध्यक्ष एङ्गिरा रेग्मीले बताउनु भयो ।

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा अनेमसंघ केन्द्रीय अध्यक्ष दीपा शर्माको अगुवाइमा उक्त ज्ञापनपत्र र चाबी हस्तान्तरण गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट बाँके जिल्ला इन्चार्ज सुमन गिरीले बताउनुभयो ।

उक्त ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले युवा कमिटीले दिएको ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाउने बताउनुभयो ।
हेर्नुहोस् ज्ञापनपत्र :

Leave a Reply

Your email address will not be published. Required fields are marked *