नेपालगन्ज : आसन्न स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ बाट नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा उठेका अल्पसंख्यक जातीका तिरथराम चिडिमारलाई जनताको माया,हौसला र उनीहरुको टीमलाई जिताउने प्रतिबद्धता व्यक्त गर्दै स्थानीयहरुको जनसागर उर्लिएको छ ।

आज घरदैलो कार्यक्रममा सयौंको संख्यामा उपस्थिति भएको देखिन्थ्यो । नेपालभित्र कुनै पनि स्थानीय तहमा चिडिमार समुदायको उम्मेदवार रहेको छैन यसपटक जसरी पनि हामी आफ्नो समुदायको उम्मेदवारलाई जिताउछौं स्थानीय हौसिला चिडिमारले बताए । यसभन्दा अघिल्लो स्थानीय चुनावमा हामीले गल्ती गर्यौ अब त्यो गल्ती दोहोर्याउन चाहदैनौं उनले भने ।

हामी गाउँ ठाउँमा कसैको दुश्मनी हुन चाहादैनौं तर हाम्रो भोट नेकपा माओवादी केन्द्रमा तिरथराम चिडिमारको टीमलाई दिने निर्णय बेलासपुर , मुक्तिपुर, नयाँ बस्तीका बासिन्दाले गरेको उनीहरुको भनाइ रहेको छ । नेपालगन्ज १२ मा अध्यक्ष पदमा तिरथराम चिडिमारको नेतृत्वमा सदस्यहरु दिपेश श्रेष्ठ, सन्तोष तिवारी, महिला सदस्यमा रेश्मा शेष पठान र दलित सदस्यमा गौरी नेपाली रहेका छन् ।
