मेयर, उप मेयरको उपस्थितिमा विद्यार्थी संग जनप्रतिनिधि कार्यक्रम जिभिएन मा- वि- नेपालगन्जमा सम्पन्न

नेपालगंज बिशेष शिक्षा स्थानीय तह



नेपालगन्ज : नेपालगन्जमा स्थापना रहेको युवा घर संस्थाको आयोजनामा र नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा विद्यार्थीसंग जनप्रतिनिधि कार्यक्रम नेपालगन्जमा रहेको जिभिएन मा- वि- नेपालगन्जमा सम्पन्न भएको छ ।

जिभिएन मा-वि- मा कानुन संकाय र व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुसंग नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा- धबल शमशेर राणा, उप मेयर उमा थापा मगर र वडा नं ११ का वडा अध्यक्ष उज्ज्वल सिंह राठौर उक्त कार्यक्रममा सहभागी हुनु भएको थियोे।

विद्यार्थीहरुले यो पाँच वर्षको अवधिमा शिक्षा, स्वास्थ्य लगायत कुनकुन क्षेत्रमा विकास भयो ? यहाँको कार्यकाललाई कसरी नियालेर हेर्न सकिन्छ भन्ने जस्ता प्रश्नहरु गरेका थिए ।

मेयर र उप मेयरले आफ्नो आफ्नो अनुभव पनि सुनाउनु भएको थियोे भने कार्यक्रमको अन्यमा केही प्रश्नहरु कार्यक्रम सञ्चालक मन भण्डारीले विद्यार्थीहरुलाई  सोध्नु भएको थियोे र उत्तर मिलाएका विद्यार्थीलाई डिक्सनेरी उपहार दिइएको थियोे ।
कार्यक्रम बोल्दै मेयर राणाले बाँकेका प्राइभेट कलेजहरु मध्ये जिभिएन मा-वि- पनि उत्कृष्ट रहेको बताउदै कलेजको आगामी दिनहरुमा पनि यसैगरी विद्यार्थीहरुको मन जितेर अगाडि बढ्न सुझाव दिनु भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *