अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको संयोजकमा: महेश एरी

नेपालगंज बिशेष शिक्षा

नेपालगन्ज : अखिल क्रान्तिकारी  महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको इकाई कमिटी संयोजकमा महेश एरीलाई जिम्मेवारी दिइएको  छ ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका संयोजक ध्रुब जोशी बुलबुललाई सांगठनिक कारबाही गरिए पछि रिक्त संयोजक पदमा अर्को आदेश नहुदासम्म एरीलाई जिम्मेवारी दिइएको छ । अखिल क्रान्तिकारीका जिल्ला सदस्यद्वय  प्रतीक चौलागाईं र खेमराज आचार्यले जिल्ला  कमिटीसमक्ष लिखित निवेदन दिएपछि कारबाही गरिएको जिल्ला संयोजक सुरेन्द्र जंग शाह जम्बोले बताए ।

अखिल क्रान्तिकारीले कारबाही गरेको कुरा स्वयं ध्रुब जोशी बुलबुलले सामाजिक सञ्जाल फेसबुक मार्फत स्वीकार गरेको समेत  पत्रमा उल्लेख गरिएको छ ।
अखिल क्रान्तिकारी बाँके जिल्ला सह ईन्चाज मोहमद फारुक गुजरले हस्ताक्षर गरेर जिम्मेवारी दिएको पत्र महेश एरीलाई दिएका छन् । हेर्नुहोस् जिम्मेवारी पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *