नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ जिफन्टको आयोजनामा नेपालगन्ज औद्योगिक क्षेत्र परिसरमा आज वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ जसमा २५३ जनाले स्वास्थ्य जाँच गराएका छन् ।
उक्त शिविरमा नाक, कान, घाँटी र आँखा सम्बन्धि समस्या भएका औद्योगिक क्षेत्रमा काम गर्ने श्रमजीवी श्रमिकहरुको स्वास्थ्य जाँच गरिएको थियोे । उक्त स्वास्थ्य शिविरमा नेपालगन्ज मेडिकल कलेजमा कार्यरत नाक कान घाटीका बरिस्ठ डा- अन्शु शर्मा, सोही अस्पतालमा कार्यरत डा- विक्रम थापा लगायतको टीमले जाँच गरेको थियो ।


उक्त स्वास्थ्य शिविरमा लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट , नेपालगन्ज औद्योगिक व्यवस्थापन कार्यालय र नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघको सहकार्य रहेको थियो ।

कार्यक्रममा बोल्दै औद्योगिक क्षेत्र कार्यालयका प्रमुख कृष्ण बहादुर पुनले ५ वर्षपछि यस्तो शिविर सञ्चालन गरेको उहाँले बताउनुभयो । आगामी दिनहरुमा पनि यस्ता किसिमका कामहरु गर्न व्यक्तिगत तर्फबाट र समग्र कार्यालयको तर्फबाट सहयोग गर्ने वचन बद्दता गर्नु भएको छ ।
उद्योग विकास संघका अध्यक्ष किरण कार्कीले आगामी दिनहरुमा पनि अन्य रोगहरुको शिविर सञ्चालन गर्ने वचन दिदै स्वास्थ्य शिविर सञ्चालन गरेकोमा धन्यवाद दिनु भएको थियोे । उक्त औद्योगिक क्षेत्रमा काम गर्ने मजदुरहरुको धेरैको आँखामा समस्या देखिएको थियोे त्यहाबाट रिफर गरेका बिरामीहरुको नेपालगन्ज मेडिकल कलेजमा २५ प्रतिशत छुटमा उपचार गरिने अस्पताल प्रशासनले जनाएको छ ।
बिहान १० बजेदेखि सुरु भएको शिविर दिउँसो ४ बजेसम्म चलेको थियो । उक्त शिविरमा प्राविधिक सहयोगका रुपमा इन्टर्न डा- क्षितिज श्रेष्ठ, डा-आयुश सिंघल, डा- पंकज कुमार सिंह, अफ्थालमिक जितेन्द्र कुमार वर्मा, नर्सिङ अधिकृतहरु सुमन गिरी, सुविना खरेल, हरिना जोशी, नर्सिङ रेन्जु श्रेष्ठ, मधु ज्ञवाली, इको नेचर ग्रुपका करन वर्मा, शुभव वैश्य लगायतले प्राविधिक सहयोगका साथै औषधि वितरणमा सहयोग गरेका थिए ।
त्यसैगरी व्यवस्थापन तर्फ जिफन्ट लुम्बिनी प्रदेश सदस्य पुर्ण कुमार केसी, जिफन्ट बाँके जिल्ला इन्चार्ज टि-एन- रावत, जिफन्ट नेता केशब गिरी, जिफन्ट नगर अध्यक्ष कृष्ण बहादुर बुढा, सह सचिव रबि शर्मा लगायतको उपस्थित रहेको जिफन्ट लुम्बिनी प्रदेश सचिव सुमन गिरीले बताइन् ।
