नयाँ युवा नयाँ सोच,नेपालको आयोजनामा संघीय संसदीय नमुना अभ्यास हुदै

लुम्बिनी प्रदेश बिशेष शिक्षा

नेपालगन्ज : “युवा तथा बालबालिका” लक्षित वर्ग तथा “शैक्षिक-बौद्दिक” लक्षित क्षेत्र अन्तरगत रहेर नयाँ युवा नयाँ सोच नेपालको आयोजनामा “नेपालको संघिय संसदीय अभ्यास” सम्बन्धि नमुना मिनी अभ्यास हुने भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको सभा हलमा फागुन २७ र २८ गते प्रशिक्षण तथा अभ्यास हुने भएको छ । जसमा “व्यवस्थापीका र कार्यपालिकाको जिम्मेवारी” ” कानुन निर्माण प्रक्रिया, संसद अधिवेशन आह्वान देखि अन्त्यसम्मको प्रक्रिया ” युवा र राजनिती
लगायतको बारेमा प्रशिक्षण दिइने भएको छ ।
उक्त कार्यक्रममा उत्कृष्ट अनुसन्धानकर्ता, उत्कृष्ट नेतृत्वकर्ता , उत्कृष्ट वक्ता गरि ३ विधामा ट्रफी, मेडल, प्रमाणपत्र, शैक्षिक छात्रवृत्ति, सदस्यता प्रदान लगायत विविध पुरस्कारहरु दिइने छ ।
उक्त कार्यक्रममा सहभागी हुनका लागि दर्ता शुल्क:- प्रती सहभागी रु. ३०० जम्मा गर्नुपर्ने छ । खासगरी कक्षा ११ र १२ मा पढिरहेका विद्यार्थीहरु प्रतिस्पर्धीको रुपमा भाग लिन पाउने भएका छन् ।
साथै स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु समेत प्रशिक्षार्थी तथा अवलोकनकर्ताको रुपमा सहभागी हुन मिल्नेछ । उक्त कार्यक्रममा नयाँ युवा नयाँ सोच नेपालका केन्द्रीय अध्यक्ष मुकुन्द दीप मडै र बहस प्रशिक्षकका रुपमा विनोद खत्री रहनु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *