काफ्ले समाज बाँकेको अध्यक्षमा अम्बिका काफ्ले

धार्मिक/समाज

नेपालगन्ज : विभिन्न जिल्लाबाट बाँके जिल्लामा आई   बसोबास गर्ने काफ्ले थरका व्यक्तिहरुले गठन गरेको काफ्ले समाजको अबको तीन वर्षको कार्यकालमा लागि अध्यक्षमा अम्बिका काफ्लेलाई निर्विरोध चयन गरेका छन् ।

निवर्तमान अध्यक्ष धन प्रसाद काफ्लेको अध्यक्षतामा बसेको बैठकले   लामो समय देखि समाजसेवामा लागेकी काफ्लेलाई अध्यक्षमा सर्वसम्मत चुनिएको उनले बताए ।

अध्यक्ष काफ्ले  बाँके जिल्ला मात्र नभइ विभिन्न जिल्ला , विभिन्न प्रदेश र सिंगो देशमा नै काफ्ले समुदायको संरक्षण र हक हित का लागि पहल कदमी काम गर्ने नव निर्वाचित अध्यक्षले बताइन् ।

राजनीतिमा समेत सक्रिय  भएकी अम्बिका काफ्ले अध्यक्ष रहेको समाजमा उपाध्यक्षमा दुर्गा प्रसाद काफ्ले, डिला कुमारी काफ्ले, उत्सव काफ्ले, सचिवमा अमृता काफ्ले, सहसचिवमा उमेश काफ्ले, कोषाध्यक्षमा  राजेन्द्र काफ्ले लगायत २१ कार्य सदस्यीय कमिटी गठन गरिएको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *