नेपालगन्ज : कोरोना महामारीको समयमा उपचार नपाएर अकालमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ स्थापना भएको हरपल होलस्टिक होम केयर एण्ड रिसर्च ट्रेडिङ सेन्टर नेपालगन्ज छोटो समयमा नै सबैको मनमा बस्न सफल भएको छ ।
कोरोना महामारीको समयमा अस्पतालमा बेडहरु पाउन कठिनाइ भइरहेको समयमा, कुनै अस्पतालले कोरोनाका बिरामीहरुलाई भर्ना नलिएको अवस्थामा घर घरमै पुगेर सयौंको ज्यान बचाउन सफल हरपल होलस्टिक विधिवत रुपमा कम्पनी रजिस्ट्रारको कार्यालय लगायतका कार्यालयहरुमा दर्ता भएर कार्य गरिरहेको उक्त संस्थाकि अध्यक्ष बसन्ती बिसीले बताइन् ।

सातजना नर्सिङ टीमले परिकल्पना गरेर खोलिएको संस्थाले नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा आफनो कार्यालय स्थापना गरेर सेवा दिइरहेको संस्था कि सचिव सुमन गिरीले जानकारी गराइन् । अहिले कसैको घरमा ड्रेसिङ गर्नु परेमा, बिरामीको सेवा गर्नु परेमा, चिकित्सकीय सेवा चाहिएमा, घरघरमा गएर सेवा गर्दछौं सचिव गिरीले भनिन् ।
उक्त संस्थाले सेवा मात्र होइन कि अब नर्सिङ सेवा कसरी प्रभावकारी बनाउने, कसरी बिरामीको मन जितेर छिटोभन्दा छिटो निको बनाउने, बृद्धअबश्था रहेका बुबाआमालाई कसरी सेवा दिने लगायतका ट्रेनिङ पनि संस्थाले सञ्चालन गर्न लागेको अध्यक्ष बिसीले बताइन् ।
संस्थाले २४ सै घण्टा नर्सिङ सेवा, फिजियो थेरापी सेवा, औंषधि उपचार सेवा, खोप सुइ लगाउने सेवा लगायतका सेवाहरु गर्ने संस्था कि संस्थापक सदस्य डा- खेमा भण्डारीले बताइन् । बाँके जिल्लाका सबै स्थानीय तहमा अहिले सेवा दिइरहेको र संस्थाले अन्य जिल्लामा समेत शाखा बिस्तार गर्दै जाने संस्थाकी सदस्य एङ्गिरा रेग्मीले बताइन् ।
