हातपात तथा दुव्र्यवहार गर्ने युवाहरूलाई कारबाही नगरिए गाउँपालिकाको कार्यालय बन्द गर्ने चेतावनी

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज : खजुरा गाउँपालिकाका कर्मचारीहरुले मंसिर  २३ गते देखि कार्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारले गाउँपालिकाकै महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेपछि खजुरा गाउँपालिकाका युवाहरुले गाउँपालिकामा खनाल बिरुद्ध गरिएको हातपात, गाली गलौज तथा  दुव्र्यवहारको बिरोधमा गाउँपालिकाको कर्मचारीले कार्यालय बन्द गर्ने भएका हुन् ।

बुधबार साझ एक प्रेस बिज्ञप्ति जारी गर्दै कार्यालय समयमा कार्यालय हाताभित्र हातपात लगायत दुव्र्यवहार  गरिएको घटनाको भत्सर्ना गर्दै दोषीलाई कारबाही नगरिए २३ गते देखि खजुरा गाउँपालिका अन्तरगतका सबै कार्यालय बन्द गर्ने जनाएका हुन् ।

कर्मचारीद्वारा जारी प्रेस बिज्ञप्तिमा हस्ताक्षर गर्ने कसैको नाम भने लेखिएको छैन ।

बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारमाथी गाउँपालिकाकै महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेको छ ।

गत शुक्रबार पिकनिकको क्रममा दुर्व्यवहार गरेको पीडित पक्षले बताएका छन् । पालिकाका कर्मचारीहरु गत शुक्रबार टिकापुर पिकनिक गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *