माओवादी केन्द्र बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्षमा: यादव

स्थानीय तह

बाँके : नेकपा माओवादी केन्द्र डुडुवा गाउँपालिका को दोस्रो सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले पालिका अध्यक्षमा भोला यादवलाई निर्वाचित गरेको छ । उक्त  सम्मेलनबाट यादवसहित ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य अतहर हुसेन फारुकीले जानकारी दिए ।

समितिको उपाध्यक्षमा मनवीर थापा, दयाराम यादव र पहलसिंह बिक, सचिवमा प्रेमाकुमारी शाही, सह-सचिवमा कालू गिरी र कोषाध्यक्षमा फैमुद्दिन खान निर्वाचित भएका छन ।

माओवादीले आज देशैभरका सबै पालिकाहरुमा एकैसाथ सम्मेलन सम्पन्न गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *