नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ बुद्धचोक भुजइगाँउमा बालरोग विशेषज्ञ डा- बिष्णु कुमार थापाको केयर सिटी अस्पताल संचालनमा आएको छ ।
सुदुर पश्चिम तथा मध्यपश्चिम क्षेत्रलाई विशेष प्राथमिकता दिएर छिटो छरितो गुणस्तरीय सेवाको लागि नेपालगन्जमा केयर सिटि अस्पताल एण्ड रिसर्च सेन्टर सञ्चालनमा ल्याइएको डा- थापाले बताउनुभयो।

उक्त अस्पतालमा २४ सै घण्टा जाँच तथा परामर्श सेवासमेत सुरु गर्ने संचालक थापाले बताउनु भयो । केयर सिटि अस्पतालको सोमबार डा- बिष्णु कुमार थापाको हजुरबुबा सन्त बहादुर थापाले उद्घाटन गर्नुभएको थियो ।
डा -थापाले अस्पतालले समेत सामाजिक उत्तरदायित्व वहन गर्नु सुखद् पक्ष भएको बताए ।अस्पतालले सस्तो र सुलभ रुपमा सेवा प्रदान गर्ने सञ्चालक थापाले जानकारी दिनु भयो ,सम्पुर्ण किसिमका स्वास्थ सम्बन्धिका प्याथोलोजी ,भिडियो रेक्सरे फार्मेसी अस्पतालमै रहेको जानकारी दिनु भयो ।
