पछिल्लो २४ घण्टामा थप ४ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ४ सय १८ जनाको पीसीआर परीक्षण गर्दा ३९८ जना र २ हजार ७ सय ९६ एन्टिजेन परीक्षण गर्दा ५७ गरी ४ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने ८ सय ४ जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ४ हजार २ सय ७६ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार २ सय ६९ पुगेको छ भने ७ लाख ७९ हजार १ सय ५४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ८ सय ५३ जना रहेका छन् । जसमध्ये १२ हजार ७ सय ९१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३ सय १० जना आईसीयू र १ सय ५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २ सय ३० जना क्वारेन्टिनमा रहेका छन् ।
यस्तै १० वर्ष मुनिका ४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३० जना कोरोना संक्रमित थपिएका छन् ।
