जिभिएन कलेज नेपालगन्जले टाढा घर भएका विद्यार्थीहरुलाई निशुल्क घरसम्म यातायातको व्यवस्था गर्दै

शिक्षा

नेपालगन्ज : छोटो समयमा शिक्षा क्षेत्रमा उत्कृष्ट बन्न सफल जिभिएन कलेजले  विद्यार्थीहरु लाई घर जान असुबिधा नहोस भनेर  कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत कैलाली र  बर्दिया जिल्ला घर भएका विद्यार्थीहरुलाई घरसम्म जानको लागि विद्यालयले निशुल्क बस पठाउने भएको छ ।

उक्त कलेजका कार्यकारी प्रमुख गणेश भण्डारीले नागरिक पथसंग कुरा गर्दै दशमी चाडपर्वको बेलामा भोलि अर्थात असोज २४ गते दिउँसो १२ बजे बर्दिया र कैलालीको विभिन्न ठाउँसम्म कलेजको बसले विद्यार्थी छोड्ने बताउनुभयो ।

दशैको बेलामा यातायातका साधनहरु खचाखच भरीभराउ हुने भएको हुदा विद्यार्थीहरुलाई यातायातमा सहज होस् भनेर उक्त सुविधा प्रदान गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *