✍दीपेन्द्र राज अधिकारी
देखियो भोगियो सबै बुझियो ।
देउताठानी आजसम्म ढुङ्गा पूजियो ।

जति मैले उस्कोनिम्ति सोंचे ।
जति मैले उस्को खुसी खोजेँ ।।
त्यति समय दिएको भय ढुङ्गा पनि रसाउथ्यो ।
फिरन्ते नि मोहमा फर्कि घर बसाउथ्यो ।।
हेरियो सोंचियो सबै बुझियो ।
मनमा मैलो बोकी ब्यर्थै गङ्गा कुचियो ।
यतिन्जेल मुफतमा समय खेर फालें।
आजदेखि नयाँ अध्याय पल्टाउन थालेँ ।।
भैगो अब उस्को याद बिर्सियकै जाती ।
भेटाउने छुटाउने पललाई फूलपाती ।।
मागियो भाकियो खुबै थाकियो ।
अबदेखि रचनात्मक काममा लागियो ।।
