ढुंगा पूजियो

लुम्बिनी प्रदेश बिशेष विचार/व्लग

✍दीपेन्द्र राज अधिकारी

देखियो भोगियो  सबै बुझियो ।
देउताठानी आजसम्म  ढुङ्गा पूजियो ।

जति मैले उस्कोनिम्ति सोंचे ।
जति मैले उस्को खुसी खोजेँ ।।


त्यति समय दिएको भय ढुङ्गा पनि रसाउथ्यो ।
फिरन्ते नि मोहमा फर्कि घर बसाउथ्यो ।।

हेरियो सोंचियो सबै बुझियो ।
मनमा मैलो बोकी ब्यर्थै गङ्गा कुचियो ।

यतिन्जेल मुफतमा समय खेर फालें।
आजदेखि नयाँ अध्याय पल्टाउन थालेँ ।।


भैगो अब उस्को याद बिर्सियकै जाती ।
भेटाउने छुटाउने पललाई फूलपाती ।।

मागियो  भाकियो खुबै थाकियो ।
अबदेखि रचनात्मक काममा लागियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *