नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ जिफन्ट बाँकेले आज नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्जका अध्यक्ष अब्दुल वाहीद मन्सुरीलाई नेपालगन्जमा रहेका उद्योग, कलकारखाना, प्रतिष्ठानहरुमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्नुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।
जिफन्ट लुम्बिनी प्रदेश संगठन कमिटीको कार्यक्रम अनुसार बाँके जिल्ला इन्चार्ज टी- एन- रावतको नेतृत्वमा नेकपा एमाले पार्टी कार्यालयबाट ब्यानर सहित उद्योग वाणिज्य संघको कार्यालयमा गएर ध्यानाकर्षण पत्र बुझाएको जिफन्ट लुम्बिनी प्रदेश सचिवालय सदस्य पूर्ण बहादुर केसीले बताए ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजना २०७४ सालमा लागू भएपछि त्यसको कार्यान्वयनमा ढिला सुस्त भएको प्रति जिफन्टले देशभर ध्यानाकर्षण पत्र बुझाएको छ । देशभरका उद्योग, प्रतिष्ठान लगायतका केही उद्योग, कलकारखाना उक्त कोषमा सुचिकृत भइसकेका र केही हुन ढिलासुस्ती गरेको भन्दै ऐनमा उल्लेख भएको नियम कानुन सबैले मान्नुपर्ने जिफन्टको माग रहेको छ ।
लुम्बिनी प्रदेशको बुटवल र नेपालगन्जमा आजै ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको जिफन्ट बाँकेका इन्चार्ज रावतले बताए ।
उक्त ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा जिफन्ट नगर अध्यक्ष कृष्ण बहादुर बुढा, फापुनका राष्ट्रिय अध्यक्ष पुर्णचन्द्र उपाध्याय, ओ एस एच कमिटी केन्द्रीय सदस्य सुमन गिरी लगायतका नेता तथा जिफन्टमा आवद्ध श्रमिकहरुको उपस्थिति रहेको थियो ।
यस्तो छ ध्यानाकर्षण पत्र



