नेपालगञ्जमा आज एक कार्यक्रमका बिच व्यवसाय प्रबन्धक र विशेष अभिकर्ताहरुलाई सम्मान गरेकाे छ ।
सन् नेपाल लाईफ इन्स्याेरेन्स कम्पनि लिमिटेड, शाखा कार्यालय नेपालगन्जले आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट व्यवसाय गर्ने सक्रिय अभिकर्ता र व्यवसाय प्रबन्धकहरुलाई प्रमाण-पत्र र ट्रफि सहित सम्मान गरिएकाे नेपालगन्ज शाखा प्रबन्धक कमल शाहीले बताउनुभयाे । उहाँका अनुसार उक्त सम्मानले कार्यक्रममा उपस्थित सबैलाई उत्प्रेरणा मिलेकाे बताउनुभयाे । साे कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र सहायक महाप्रबन्धक माेतीलाल भट्टराइले सबै सम्मानित व्यक्तित्वहरुलाई बीमा र त्यसकाे बजारिकरणका बारेमा सहजिकरण गर्नुभएकाे थियाे ।

साेही कार्यक्रममा एक छुट्टै समाराेहका विच बिमित स्व. मनिष कुमार थारुकाे बैदेशिक राेजगारीकाे शिलशिलामा दुबईमा भएकाे अकल्पनिय मृत्यु पश्चात स्व. मनिषका बुबा मुन्नालाल थारुलाई कम्पनिका प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धकज्युले संयुक्त रुपमा १४ लाख रुपैंयाकाे मृत्यु दाबी भुक्तानी बापतकाे चेक हस्तान्तरण गर्नुभएकाे थियाे ।
रु. १० लाखकाे बैदेशिक राजगार म्यादी बीमा गरेका स्व. मनिषका बुबालाई जाेखिम बहनमा उपलब्ध हुने बिमाङ्क रकम रु. १०,००,०००/-, अन्य सुबिधा अन्तरगत क्रिया खर्च रु. १,००,०००/-, विदेश बाट मृतककाे शव नेपाल ल्याउन रु. १,००,०००/- र आयस्राेत नाेक्सानी वापतकाे रु. २,००,०००/- गरि जम्मा रु. १४,००,०००/- रकम बराबरकाे चेक हस्तान्तरण गरिएकाे शाखा प्रबन्धक शाहीले बताउनुभयाे ।
उक्त दाबी भुक्तानी, अभिकर्ता सम्मान, बीमा अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रममा कम्पनीकाे नेपालगन्ज शाखा अन्तरगतका उपशाखा प्रमुखहरु, अन्य कर्मचारीहरु र करिब ४० जना व्यवसाय प्रबन्धक र विशेष अभिकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे ।


