बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँड हुदै 

अर्थ / बाणिज्य


बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ शुक्रबार (असोज २२ गते) बाँडफाँट हुँदैछ । सिभिल क्यापिटलका अनुसार शुक्रबार बिहान १०.३० बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ । कम्पनीको आइपीओ प्रि– अलोटमेन्ट बुधबार (असोज २० गते) नै सम्पन्न भइसकेको छ । बुद्धभूमिको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै भर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ ।
 

यो आइपीओमा २ करोड ६९ लाख २० हजार १२० कित्ताका लागि आवेदन परेको छ । यसमा २१ लाख ४२ हजार जना आवेदकबाट उक्त आवेदन परेको हो । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ३६.१८ गुणा बढी हो । कम्पनीले असोज ११ गतेबाट प्रतिकित्ता १०० अंकित मूल्यका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । यस मध्ये ५% अर्थात् ४० हजार कित्ता सामुहीक लगानी कोष र २% अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । 
 

बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘इक्रएनपी आइआर डबल बी माइनस’ रेटिङ दिएको छ । यसले ४.९९३ मेगावटको लोवर तादी खोला हाइड्रोपावर आयोजना नुवाकोट जिल्लामा निर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *