नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टीको अगुवा नेताहरुको बाँके बर्दियाको राजनीति प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आज बाँकेको कोहलपुरमा बाँके र बर्दियाका नेता तथा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिइएको थियोे । केन्द्रीय सचिवालय सदस्य कमरेड धमेन्द्र बास्तोला (कन्चन)को प्रमुख आतिथ्यमा, बाँके जिल्ला सेक्रेटरी कमरेड अनिलको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।

उक्त प्रशिक्षण कार्यक्रममा बाँके र बर्दिया जिल्ला इन्चार्ज कमरेड दिपक चलाउने, रुकुम पश्चिमका इन्चार्ज कमरेड विश्व, जाजरकोट जिल्ला सेक्रेटरी कमरेड अनन्त, लगायतका नेताहरूको उपस्थिति रहेको विद्यार्थी नेता डिल्ली क्षेत्रीले बताउनुभयो । उक्त कार्यक्रम सञ्चालन बर्दिया जिल्ला सेक्रेटरी कमरेड गणेशले गर्नुभएको थियोे ।

