मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ भोलि मंगलबार बाडँफाँड हुदै 

अर्थ / बाणिज्य


रसुवा जिल्लामा अवस्थित मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ मंगलबार (साउन २६ गते) बिहान ९ बजे बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ । यसको प्री–अलोटमेन्ट आइतबार सम्पन्न भइसकेको छ । 
 

यो आइपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकले २ करोड ८५ लाख ४१ हजार ८४० कित्ताका लागि आवेदन दिएका छन् । सर्वसााधारणबाट माग भन्दा ४१.६८ गुणा बढी आवेदन परेको हो । तथापि, अन्तिम भेरिफाईपछि तथ्यांक केही फरक पर्न सक्ने यसअघि बिक्री प्रबन्धकले जानकारी गराएको छ ।
 

कम्पनीले साउन १४ गतेदेखि कुल ७ लाख २६ हजार २८६ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये २% अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारी र ५% ले हुने ३६ हजार ८१४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको थियो । बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो । 
 

यता, कम्पनीले यसअघिनै आयोजना प्रवाभित स्थानीयका लागि ३ लाख ६८ हजार १४४ कित्ता (१०%) आइपीओ बिक्री गरिसकेको छ । मैलुङ खोला जलविद्युत कम्पनीको जारी पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *