राज्यले राष्ट्रसेबक कर्मचारी माथी गरिएको बिभेदको विरुद्ध सर्बोच्च अदालतमा रिट

शिक्षा

काठमाण्डौं – राष्ट्र सेवक कर्मचारीहरु माथि राज्यले विभेद गरेको भन्दै सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

उक्त मुद्दा प्रधानमन्त्री तथा मन्त्री परिषद्को  कार्यालय, नेपाल सरकार अर्थमन्त्रालय, अर्थमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय विरुद्धमा दर्ता गर्ने अभियानको नेतृत्व खिम बहादुर कुवँर मदाने गुल्मी , रमेश भट्टराई तनहुँ,  सरोज घिमिरे गोर्खा कार्यरत भक्तपुरले गरेका हुन् ।

उक्त मुद्दाको बहस गर्न  अधिबक्ता दिनेश त्रिपाठी र केशरमणी अर्याललाई जिम्मेवार दिएको अभियन्ता खिम बहादुर कुवँरले बताउनुभयो ।

सर्वोच्च अदालतमा ०७७-WO -१२२७ मा मुद्दा दर्ता भएको छ भने उक्त मुद्दाको पेसी भोलिलाई तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *