नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा बाँकेको नेपालगन्जमा विपक्षी गठबन्धनका विद्यार्थी संगठनले बुधबार नेपालगन्जमा पुत्ला दहन गरेका छन् ।
बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनहरुले विघटित संसद पुनःस्थापन गर, प्रधानमन्त्री केपी शर्मा राजिनामा दे भन्ने नारा लगाउदै विरोध प्रदर्शन संगै नेपालगन्जमा पुत्ला दहन गरेका हुन् ।

बि-पी- चोकबाट चर्को नाराबाजी गर्दै धम्बोझी चोकतर्फ बढेको आन्दोलनकारी बिद्यार्थीको टोलिले धम्बोझी चोक पुग्नु अगाडी कृषि बिकास बैंक अगाडी नै पुत्ला जलाएका थुए । पुत्ला जले संगै प्रहरी पुग्दा पुग्दै विद्यार्थीहरुको र्याली अगाडी बढेको थियो ।
विपक्षी गठबन्धनका विद्यार्थीको आन्दोलन नेपालगन्जको धम्बोझी चोकमा आएर कोणसभामा परिणत भएको थियो । पछिल्लो समय विपक्षी गठबन्धनका विद्यार्थी संगठनले सरकारविरोधी आन्दोलनलाई देशभर नै तीव्रता दिएका छन् ।


