विपन्न वर्गका सुत्केरी महिलाहरुलाई मानवता नेपाल बाँकेको पौष्टिक आहार तथा सुरक्षा कीट सहयोग

अर्थ / बाणिज्य

नेपालगन्ज : बाँके जिल्लामा सामाजिक तथा मानवीय  कार्यमा सक्रिय रहेको मानवता नेपाल बाँके नामक संस्थाले लक्षित वर्ग र गरिबीको रेखामुनि रहेका केही सुत्केरी तथा गर्भवती महिलाहरुलाई स्वास्थ्य सामाग्री तथा पौष्टिक आहार वितरण गरेको छ ।

आज मानवता नेपाल बाँकेको टीम नेपालगन्ज उपमहानगरपालिका वडा नं २२ को किङ्घरपुर्वामा घरघरमा गएर स्वास्थ्य जाँच जस अन्तर्गत ब्लड प्रेसर, सुगर लगायतको जाँच, पौष्टिक आहारमा घिउ, अण्डा, हर्लेस, सेनेटरी प्याड लगायत स्वास्थ्य सामाग्री वितरण गरिएको संस्थाकी अध्यक्ष अम्बिका काफ्लेले बताउनुभयो ।

विदेशमा रहनु भएकी रमिता चन्द लगायतका मनकारी व्यक्तिहरुले केही रकम पठाउनु भएको र अन्य रकम मानवता नेपालका सदस्यहरुले उठाएर उक्त विपन्न वर्गका सुत्केरी तथा गर्भवती महिलाहरुलाई सहयोग गरिएको संस्थाका सचिव कमल शाहीले बताउनुभयो ।

स्वास्थ्य जाँच गर्नमा होल स्टिक नेपालगन्जले सहयोग गरेको थियोे । उक्त कार्यक्रममा होलस्टिक कि सदस्य प्रतीक्षा डाँगीले ब्लड प्रेसर, अक्सिजन लेभल लगायतको जाँच लिनु भएको थियोे । किङ्गरीया जातका अति विपन्न सुत्केरी महिलाहरुलाई घरमै पुगेर मानवता नेपालकी अध्यक्ष अम्बिका काफ्ले, सचिव कमल शाही, सदस्य रमेश पाठक, पत्रकार केपी घिमिरे र होलस्टिक नेपालगन्ज कि सदस्य प्रतीक्षा डाँगीको  उपस्थितमा सामाग्री वितरण गरिएको थियोे ।
सहयोग लिने विपन्न वर्गका सुत्केरी महिलाहरुमा नाजमा किङ्घरीया, मिना किङ्घरीया, नक्कै किङ्घरीया लगायतका ७ जना ४ देखि १८ दिन सम्मका ७ जना महिलाहरु थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *