नेपालगन्ज : चाडपर्वको समयमा खाद्यान्न लगायत तरकारीको भाउ आकासिएको छ । मनपरि भाउ गर्दा समेत कतैबाट अनुगमन गर्ने नगरेको स्थानीय बासिन्दाको गुनासो रहेको छ ।
पछिल्लो समयमा खाद्यान्न लगायत सबै बस्तुको भाउ वृद्धि गरिएको छ, पसले लाई सोध्दा होलसेल पसलबाट नै भाउ बढाएको बताउँछन् उता स्थानीय ग्राहकहरु भने मनपरि मुल्य वृद्धि गर्दा समेत कही कतैबाट अनुगमन नगर्ने, कारबाही नगर्दा महंगोमा किन्न बाध्य भएको बताउँछन् ।

चामल, दाल, लगायतको खाद्यान्न तथा तरकारीको मूल्य पसल पिच्छे फरकफरक पाइएको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ का स्थानीय भरत पोखरेलले बताए ।
उनका अनुसार नेपालगन्जमा रहेका तरकारी मण्डी रानी तलाउ, नर्सिङ होम नजिक, धम्बोझी लगायतका ठाउँमा फरकफरक किसिमले बिक्रीवितरण गरिएको उनलेे बताए । आज रानी तलाउमा टमाटरको मूल्य १२० रुपैयाँ प्रति केजी, फुल गोभी ११० रुपैयाँ किलो, खुर्सानी प्रति किलो ८० रुपैयाँ, कागती १४० रुपैयाँ प्रति केजी, प्याज ७० रुपैयाँ प्रति केजी मूल्य रहेको छ ।
त्यसैगरी अण्डा प्रति क्यारेड रु ४५०/- , चामल स्टार २५ केजीको बोरालाई रु १७००/ मा किनेको स्थानीय बासिन्दाले बताए । चाडपर्वमा तरकारीको भाउ महंगो हुने हुदा तरकारी मण्डीमा मानिसहरुको घुइँचो रहेको छ ।


