वाइसीएल बाँकेको आयोजनामा वृहत् रक्तदान कार्यक्रम गर्दै

नेपालगंज बिशेष

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) को भातृ संगठन  योङ्ग कम्युनिष्ट लिग,नेपाल बाँके  “YCL” ले देशमा कोरोना महामारीको समयमा रगतको अत्यन्तै अभाव भएकोले त्यसलाइ मध्यनजर गर्दै वाइसीएल   बाँकेले वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

नेपालगन्जमा रहेको होटल हायात न्युरोडमा  आउदो जेठ २९ गते शनिबारको दिन रक्तदान कार्यक्रम राखेको हुँदा मनकारी सबैलाई उक्त कार्यक्रममा सहभागी भई रगतको अभावमा कसैको अकालमा मृत्यु जानबाट बचाउनका लागि रक्तदान गर्न अनुरोध गरिएको छ ।

उक्त रक्तदान कार्यक्रमका प्रचारप्रसार बिभाग प्रमुख सुजल खड्काले बिहान ९ बजेदेखि सुरु हुने कार्यक्रममा रक्तदान गर्न आइदिनु हुन् सबैलाई अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *