लकडाउनको समयमा गरिबीको घरमा चुलो जलाउन सक्रिय छ लायन्स क्लब अफ नेपालगन्ज पंचशील

अर्थ / बाणिज्य नेपालगंज बिशेष


नेपालगन्ज : अति विपन्न घर परिवारका सदस्यहरु लकडाउनका समयमा भोकभोकै मर्न नपरोस् भनेर सामाजिक सेवामा सक्रिय संस्था लायन्स क्लब अफ नेपालगन्ज  पंचशीलको आयोजनामा  क्लबले  दैनिक जसो खाद्यान्न वितरण गरेको छ ।

नेपालगन्जमा रहेको बागेश्वरी मन्दिर नजिक बुद्ध मन्दिर नजिकै सहयोगी दाताहरुबाट खाद्यान्न तथा रकम सहयोग लिएर उनीहरुको मुहारमा खुसियाली लिइरहेको क्लबकी अध्यक्ष ला- भावना सापकोटाले बताउनुभयो । अहिलेको कोरोना महामारीको समयमा अत्यन्तै गरिब परिवारका सदस्यहरुको पहिचान गरि राहात दिएको उहाँले बताउनुभयो ।

क्लबले फुड बैंक सञ्चालनमा ल्याएर दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेहरु र अति विपन्न परिवारका सदस्यहरुलाई खाद्यान्न वितरण गर्ने गरेको क्लबका द्वितीय उपाध्यक्ष ला- किशोर कुमार पाण्डेले बताउनुभयो ।

क्लबले घरघरमा गएर खाद्यान्न वितरण गर्ने योजना बनाएको र वास्तविक विपन्न परिवारका हुनकी होइनन् भनेर पनि त्यसो गर्न लागेको उपाध्यक्ष ला- कृष्णादेवी पाण्डेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *