नेपालगन्ज : भेरी अस्पतालमा उपचार गराइरहेका कोभिड बिरामी तथा बिरामीका कुरुवाहरुलाई खाना खुवाएर सामाजिक कार्य गरिरहेको संस्था अन्जनी माता रसोईलाई लाई नेपाल ट्रेड युनियन कांग्रेस बाँके शाखाले आर्थिक सहयोग गरेको छ ।
अहिलेको समयमा भेरी अस्पतालमा उत्कृष्ट सामाजिक कार्य गरिरहेको संस्थाको कार्यलाई निरन्तरता दिन आर्थिक सहयोग गरिएको नेपाल ट्रेड युनियन कांग्रेस बाँके शाखाका सचिव तोजिन्द्र बिकले बताए ।

भेरी अस्पतालमा उपचार गर्न आएका बिरामी र उनका आफन्तलाई खाना खुवाउने कार्यको व्यवस्थापन गरिरहेको अंजनी माता रसोई श्री सुन्दरकाण्ड मित्र मण्डललाई नेपाल ट्रेड युनियन कांग्रेस बाँके शाखाले ५ हजार १ सय रुपैयाँ सहयोग गरेको बि-क- ले बताए ।
बुधबार नेपालगन्ज उप–महानगरपालिका कार्यवहाक मेयर उमा थापामगरको उपस्थितीमा गरिएको सहयोग हस्तान्त्रण कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रिय सदस्य सीता काफ्ले, नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष मुकुन्द अधिकारी, नेपाल ट्रेड युनियन कांग्रेस बाँके शाखाका सचिव तोजिन्द्र बिक, नेपाल शिक्षक महासंघ बाँके अध्यक्ष पवन यादव, नेपाल शिक्षक संघ बाँके अध्यक्ष बिरेन्द्र यादव लगायतको उपस्थिती रहेको थियो ।
