नरैनापुरको ६ वटै वडामा डिप बोरिङ जडान गरिने – अर्थ मन्त्री शर्मा

बाँके- अर्थ मन्त्री जनार्दन शर्मालाई बाँकेमा नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले स्वागत गर्नु भएको छ साथै अर्थ मन्त्री जनार्दन शर्माले नरैनापुरको ६ वटै वडामा डिप बोरिङ जडान गर्न सहयोग गर्ने बताउनुभयो । नेपालगन्जबाट सुर्खेत जाने क्रममा बिहिबार बिहान मन्त्री शर्मालाई अध्यक्ष शाहले स्वागत गरी नरैनापुरमा लामो समय सम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबाली […]

Continue Reading

युनेस्को क्लबद्धारा विपन्न र अनाथ बालबालिकालाई विभिन्न सहयोग वितरण

नेपालगन्ज-कतार च्यारिटी नेपालको सहयोगमा बाँकेमा सञ्चालित सामाजिक संरक्षण परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले गरिब, विपन्न र अनाथ बालबालिकालाई छात्रबृति लगायत विभिन्न सहयोग प्रदान गरेको छ ।क्लबले नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरेर अति विपन्न परिवारका बालबालिकालाई छात्रबृत्ति सहयोग प्रदान गरेको छ भने गरिब परिवार, अनाथ बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई समेत सहयोग प्रदान गरेको छ ।क्लबका कोषाध्यक्ष […]

Continue Reading

जिभिएन मा-वि- नेपालगन्जले गर्यो तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम

नेपालगन्ज : शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नेपालगन्जमा रहेको जिभिएन मा-वि- ले आन तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त विद्यालयमा कक्षा ११ र १२ मा अध्यापन  अध्ययनरत शिक्षक तथा विद्यार्थीहरुले आज विद्यालयको प्राङ्गणमा शुभकामना आदानप्रदान कार्यक्रम राखेको थियोे । बिहान ८ बजे सुरु भएको कार्यक्रम दिउँसो २:३० बजे सम्म […]

Continue Reading

दक्ष पत्रकार  उत्पादनको  लागि म सहयोग गर्छु सांसद उषा पुन

कोहलपुर – दक्ष पत्रकार उत्पादनका लागि आफू सहयोग गर्न तयार रहेको लुम्बिनी प्रदेश सभा सदस्य पार्वती पुन उषाले प्रतिवद्ता जनाउनु भएको  छ।प्रेस सेन्टर नेपाल  कोहलपुर नगर कमिटीको सोमाबर भएको विशेष भेलालाई सम्बोधन गर्दै पार्टीको हरेक आन्दोलनमा प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुको ठूलो योगदान रहेको जनाउदै दक्ष जनशक्ति उत्पादनका लागि पार्टी र आफू सहयोग गर्न तयार रहेको […]

Continue Reading

खजुरामा सय वटा खानेपानीका धारा जडान गरिएपछि ६०० जना प्रत्यक्ष लाभान्वित

नेपालगन्ज- खानेपानीको अभाव झेली रहेका खजुरा गाउँपालिकाका सर्वसाधारणका लागि बाँके युनेस्को क्लवले कतार च्यारिटीको सहयोगमा खानेपानी धारा जडान गरेर खानेपानीको समस्या समाधान गरेको छ ।खजुरा गाउँपालिकाको वडा नम्बर २ र ३ मा खानेपानीको सबैभन्दा बढी समस्या रहेकोले सो समस्या समाधानका लागि क्लबे ती वडामा सय वटा खानेपानीको धारा जडान गरेर सो समस्या समाधान गरेको क्लबका […]

Continue Reading

प्रेस सेन्टर नेपाल  कोहलपुर नगर कमिटीको नयाँ नेतृत्व चयन अध्यक्षमा हमाल

प्रेस सेन्टर नेपाल कोहलपुर नगर कमिटीको सोमबार भएको विशेष भेलाले नयाँ कार्य समिती  चयन भएको छ जसको अध्यक्षमा पुष्पराज हमाल सर्वसम्मतिले चयन भएका छन् ।उक्त भेलाबाट  १३ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको  हो । जसको उपाध्यक्षमा  विवेक रेग्मी , सचिवमा शोभखर बि-क- , सह सचिवमा राम गोपाल बि-क, कोषाध्यक्षमा सुशील शर्मा, सदस्यहरुमा  मनोज कोइराला , […]

Continue Reading

बढैयातालमा परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक सम्पन्न

नेपालगञ्ज- प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बढैयाताल गाउँपालिकामा आ.व. ०७८/०७९ मा संचालन गरिएका परियोजनाहरुको प्रगती तथा आगामी कार्यक्रमको बारेमा जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ ।बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाल, साथी संस्था र थारु महिला उत्थान केन्द्रको आयोजना र बढैयाताल गाउँपालिकाको समन्वयमा सो बैठक सम्पन्न भएको हो ।खासगरी स्थानीयतहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधीहरुलाई परियोजनाका […]

Continue Reading

कतार च्यारिटी नेपालका निर्देशकद्धारा बाँके, बर्दिया र कैलालीका कार्यक्रमको अनुगमन

नेपालगञ्ज-कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेखले बाँके, बर्दिया र कैलालीमा सञ्चालित विभिन्न कार्यक्रमको स्थलगत अनुगमन निरिक्षण गर्नुभएको छ । च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबमार्फत उपरोक्त जिल्लामा सञ्चालनमा रहेका विभिन्न कार्यक्रम र सहयोगको अवस्थाबारे उहाँले स्थलगत निरिक्षण अनुगमन गर्नुभएको हो ।कार्यवाहक निर्देशक शेषले पहिलो दिन बाँकेको खजुरा, जानकी र नेपालगञ्जमा रहेका कार्यक्रमको अनुगमन गर्नु […]

Continue Reading

कतार च्यारिटीद्धारा बाँकेमा सञ्चालित कार्यक्रमको स्थलगत अनुगमन

नेपालगञ्ज- कतार च्यारिटीसँगको साझेदारीमा बाँके युनेस्को क्लबले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विभिन्न कार्यक्रमहरुको कतार च्यारिटी नेपालको टोलीले स्लगत अनुगमन गरेको छ । कार्यक्रमहरुको अनुगमनमा कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेख र बाँके युनेस्को क्लबको व्यवस्थापन टोलीसंगै परियोजनाको टोली समेत सहभागि रहेको थियो ।शेषको नेतृत्वको अनुगमन टोलीले विभिन्न कार्यक्रम अन्तर्गत हालै भएका प्रगतिहरूको […]

Continue Reading

नरैनापुरका अध्यक्ष शाहद्धारा रक्षाबन्धन (जनैपूर्णि)को शुभकामना व्यक्त

बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले हिन्दुधर्मालम्बीहरुको पर्व रक्षाबन्धन(जनै पूर्णि)को अवसरमा आफ्ना पालिका बासीलाई शुभकामना दिदै हिन्दु समुदायमा सुख,शान्ति,समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् ।अध्यक्ष शाहले यस पर्वले दाजुभाई तथा दिदी बहिनी बिचको प्रेमका साथै नेपालमा भातृत्वको भाव अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । हिन्दुहरुको धार्मिक तथा सांस्कृतिक पर्व रक्षाबन्धन(जनैपूर्णि)को दिन […]

Continue Reading