नेकपा माओवादी केन्द्र बाँके क्षेत्र नं २ ख को सचिवालय उद्घाटन, जनताको अमुल्य भोट खेर जान दिन्न : बम

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह



नेपालगन्ज : आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा(माओवादी केन्द्र)बाँके क्षेत्र नं २ (ख) काे नेपालगन्जमा नगर पार्टी कार्यालयमा रहेको ठाउँमा  निर्वाचन मुख्य सचिवालयको कार्यालय उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ।


सचिवालयको कार्यलय उद्घाटन गर्ने क्रममा नेकपा(माओवादी) केन्द्रका युवा नेता तथा बाँके क्षेत्र नं.२ प्रदेश `ख´का उम्मेदवार अकल बहादुर बमले पार्टी कार्यकर्ता तथा मतदाताहरूलाई सम्बोधन गर्दै उहाँले जनताको अमुल्य भोटलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। जनतालाई झुटा आश्वासन दिने, जनता झुक्याउने नेतालाई यसपाली चुनावमा जनताले नै ठेगाना लगाउनु पर्ने उहाँले बताउनु भयो ।
‘ एकपटक याे पार्टीलाई मौका दिन उहाँले अपिल गर्दै तपाईंहरूको यो विश्वासलाई डगमगाउन दिनेछैन । नेपालगन्जमा विकासको लहर लिएर मतदातासँगै रहने उहाँले प्रतिवद्दता जनाउनु भएकोछ ।
नेता बमले अवको नेतृत्व युवा सक्षम व्यक्तिलाई चुन्न जनता समक्ष अपिल गर्नु भयो । जनताको काम गर्न नसके अर्कोपटक चुनावी मैदानमा घरीघरी नआउने समेत बताउनु भयो । सधैं जनता झुक्याउनेलाई चिन्न पनि नेता बमले जनतालाई सचेत गराउनु भयो।
नगर पार्टी कार्यालयमा रहेको निर्वाचन मुख्य सचिवालयको कार्यालय उद्घाटन कार्यक्रम भएको निर्वाचन परिचालन कमिटीका संयाेजक नविन शर्माले जानकारी दिनु भयो । यसै क्षेत्रमा रहने प्रदेश समिति सदस्य, जिल्ला समन्वय समिति सदस्य र नगर पदाधिकारीहरुको कार्य बिभाजन हरेक वडाहरुले नेतृत्व गरेर प्रचार मोर्चालाई चुस्त र दुरुस्त बनाउने भएको छ ।

तिहार लगत्तै प्रत्येक वडाहरुमा जनभेला, जनभेटघाट, घरदैलो कार्यक्रमलाई व्यापक बनाएर लैजाने मुल निर्वाचन परिचालन समिति संयोजक शर्माले बताउनु भयो । मतदाता शिक्षालाई प्रभावकारी बनाउन नमुना मतपत्र प्रत्यक वडामा व्यवस्थित गर्ने, सबै वडामा मत सर्वेक्षण तथा विश्लेषण गर्ने, पार्टीको घोषणा पत्र, प्रचार सामग्री तयार गर्ने जस्ता निर्णय गरि अगाडि बढ्ने बताइएको छ ।

बैठकको अध्यक्षता लुम्बिनी प्रदेश सदस्य तथा चुनाव प्रचारप्रसार समितिका संयोजक नवीन शर्माले गरेको कार्यक्रममा प्रमुख अतिथि नगर नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य अन्जना (अर्पणा) चौधरी, अतिथिहरुमा  प्रदेश सहसचिव अकल बम, प्रदेश  जिल्ला समन्वय समिति सचिब डिल्ली बराल (अमिर), समानुपातिक उमेदवार कश्मिरा खातुन, मनिषा चदरा,  लगायत जिल्ला सदस्य, नगर पदाधिकारी, सदस्यको उपस्थिति थियो । उक्त कार्यक्रम सञ्चालन नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष तथा चुनावी प्रचारप्रसार समितिका सचिब रतन बहादुर शाहीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *