बागेश्वरी मन्दिर लगायत देशभरका शक्ति पीठमा फूलपाती भित्र्याउदै

नेपालगन्ज : बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ ।  नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । नेपाली सेना, नेपाल प्रहरी लगायतले बाजागाजा सहित बागेश्वरी मन्दिरमा फूलपाती भित्र्याउदै छन् । आजको दिन दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी […]

Continue Reading

सल्यानमा बस दुर्घटना हुदा दुईजनाको घटनास्थलमै मृत्यु, १४ जना घाइते

सल्यान — सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दाङको तुलसीपुरबाट सल्यानको जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको यात्रुबाहक बस शनिबार दिउँसो ३ बजेतिर राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका-३ मुलपानीस्थित वनस्पति कार्यालय नजिकै दुर्घटना भएको हो । […]

Continue Reading

शिक्षक सेवा आयोगले लिएको मा.वि. तहको लाइसेन्स परीक्षामा ५० प्रतिशत मात्र उत्तीर्ण

शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा बिहीबार प्रकाशन गरेको छ । गत भदौं २३ गते सञ्चालन गरेको मा.वि. तह अध्ययन अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।  सार्वजनिक गरिएको नतिजा अनुसार देशभरबाट परीक्षामा सहभागी परीक्षार्थीहरु मध्ये ५० प्रतिशत भन्दा बढी फेल भएका छन् । सातै प्रदेशबाट ४९ हजार १७० परीक्षार्थीले […]

Continue Reading

संविधान दिवसको अवसर पारेर ६ सय ७० जना कैदीलाई आममाफी दिने सरकारको निर्णय

नेपाल सरकार मन्त्री परिषदको भदौ २९ गतेको निर्णयले सिफारिस गरेबमोजिम असोज ३ गते संविधान दिवसकोअवसरमा ६ सय ७० जना कैदीलाई बाकी कैद मिनाहा हुने गरि आममाफी दिने निर्णय राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । आज राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ति अनुसार भिम बहादुर खवास समेतका ४ सय ९७ र हर्क बहादुर लिम्बू समेतका १ […]

Continue Reading

मध्यरातमा एकैसाथ ४ जनाको हत्या, एकजनालाई नियन्त्रणमा

काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य स:मिलमा धारिलो हतियार प्रयोग गरी चार जनाको हत्या भएको छ । काठ मिलमा काम गर्ने कुमार भुजेलसहित ४ जनाको हत्या भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । काठ मिलमा गार्डका रूपमा कार्यररत कुमार भुजेलसहित उनको परिवारका ३ जना सदस्यको हत्या भएको हो । अन्दाजी ५५/५६ वर्षका […]

Continue Reading

२६ लाख नगद सहित कर अधिकृत विमानस्थलमा पक्राउ

नेपालगन्ज : नेपालगञ्ज विमानस्थलबाट एक कर अधिकृत २६ लाख नगद सहित पक्राउ परेका छन् भने अर्को अधिकृत फरार भएका छन् । आन्तरिक राजस्व कार्यालयमा काम गर्ने अधिकृत पक्राउ परेको प्रहरीले जनाएको छ । खगेन्द्र सापकोटा नाम भएका कर अधिकृत २६ लाख रुपैयाँ सहित पक्राउ परेको प्रहरीले जनाएको छ भने अर्का अधिकृत दिपक पौडेल भाग्न सफल भएको […]

Continue Reading

अमर्यादित गतिविधि गर्ने चर्चित काजीमान राईको अवार्ड रद्द

नेपालगन्ज : अकाउन्टविलीटी ल्याव नेपालले अमर्यादित गतिविधि गर्ने काजीमान राइको अवार्ड रद्द गरेको छ । इलामको माइजोगमाई गाउँपालिकाका प्रशासकीय अधिकृत काजीमान राई र सोही पालिकामा कार्यरत सहकर्मी महिला कर्मचारीको कार्यकक्षमा नै अमर्यादित गतिविधि तथा व्यवहार गरेको भिडियो समाचार माध्यमबाट बाहिरीपछि उनले चुलाचुली गाउँपालिकामा रहदा पाएको सन २०१९ मा इन्टेग्रिटी आइकन नेपालको पनि नाम जोडिएको हुदा […]

Continue Reading

माओवादी केन्द्रको तीन महिने अभियान आजबाट सुरु

नेपालगन्ज : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आठ लाख सदस्य पुर्‍याउने लक्ष्यसहित तीनमहिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सुरु गर्ने भएको छ । सदस्यता वृद्धि, सदस्यता नवीकरण र विस्तारमार्फत लक्ष्य पूरा गर्ने गरी माओवादीले अभियान सुरु गर्न लागेको हो ।   आजबाट सुरु हुने अभियानका लागि माओवादीले पदाधिकारीसहित केन्द्रीय सदस्यलाई पालिका हुँदै वडा तहसम्म खटाएको […]

Continue Reading

आईपीओ निष्काशन गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही साउन ३२ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता शेयर शेयर निष्काशन गर्न लागेको हो ।   कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गर्नेछ। यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम […]

Continue Reading

भ्रष्टाचार विरुद्धको अभियानलाई अखिल क्रान्तिकारी बाँकेको हस्ताक्षर सिडियो मार्फत प्रधानमन्त्रीलाई

नेपालगन्ज : भ्रष्टाचारीका विरुद्ध सरकारको अभियानलाई  समर्थनका लागि अखिल (क्रान्तिकारी) बाँकेको सप्ताहव्यापी वृहत् संकलन गरिएको हस्ताक्षरलाई आज जिल्ला प्रशासन कार्यालय बाँकेका सिडियो मार्फत प्रधानमन्त्रीलाई बुझाएको छ । अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज र बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको आयोजनामा संकलन गरिएको हस्ताक्षर  संगठनका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज सुर्य प्रकाश घर्ती मगरको उपस्थितिमा गएर प्रधानमन्त्री […]

Continue Reading