नेपालकै होची महिलाको ३१ वर्षको उमेरमा निधन

नेपालगन्ज – नेपालकै होची महिला ईश्वरी माया छिनालको ३१ वर्षको उमेरमा निधन भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल काेहलपुरमा उपचारकाे क्रममा छिनालकाे शुक्रबार निधन भएकाे हाे । ३० इञ्च उचाइ र साढे आठ किलो तौल भएकी छिनाल नेपालकै हाेची महिलाको रूपमा चर्चित थिईन ।

Continue Reading

अस्पतालको ल्यापटप चोर्ने सशस्त्रका असई पक्राउ

फाइल तस्बिर -नेपालगन्ज –  अस्पतालको ल्यापटप चोरेको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ परेका छन् । कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) रमेश भण्डारी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार धनगढी उपमहानगरपालिका–३ घर भएका असई रमेश भण्डारीलाई अस्पतालको ल्यापटप चोरेको आरोपमा पक्राउ […]

Continue Reading

फरार अभियुक्तलाई बाँके प्रहरीले गोली हानेर पक्राउ गर्यो

नेपालगन्ज- बाँके प्रहरीले आज (शुक्रबार) एक युवकलाई गोली हानेर पक्राउ गरेको छ । एक युवकमाथि खुकुरी प्रहार गरी फरार रहेका कोहलपुर निवासी ३० वर्षीय आकाश रानालाई गोली हानेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक तथा  प्रवक्ता नारायण डाँगीले  जानकारी दिए । डाँगीले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार उनको खुट्टामा गोली लागेको छ […]

Continue Reading

आज तिहारको तेस्रो दिन गाईको पूजाआजा गरी मनाइँदै

नेपालगन्ज – कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गौमाता मानिने गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनि सम्मान गर्ने गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट […]

Continue Reading

नेपालगन्जमा इलेक्ट्रोनिक पसलमा आगलागी

नेपालगन्ज नेपालगन्जको घरबारीटोलमा आइतबार राति आगलागी भएको छ । घरबारीटोलस्थित सौगात इलेक्ट्रो हबमा आगलागी भएको प्रहरीले जनाएको छ । ध्रुब दाहालले संचालन गर्दै आएको उक्त पसलको सटर बन्द अवस्थामा रहेको हुँदा बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक हरी बि.सी.ले जानकारी दिनुभयो । आगलागीबाट पसल पूर्णरूपमा क्षति भएको र […]

Continue Reading

जिप दुर्घटना हुदा ६ जनाको घटनास्थलमै मृत्यु

नवलपुरकाे बाैदीकाली गाउँपालिकाकाे माझडाँडाबाट आउदै गरेकाे लु १ ज ३२७० नम्बरकाे जिप देवचुली नगरपालिका वडा नं ९ गाेरेघुम्तीमा दुर्घटना भएकाे छ । उक्त दुर्घटना हुँदा ६ जनाकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएको छ भने एकजना घाईते भएकाे बताएको छ। उक्त दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

Continue Reading

मुटुरोग विशेषज्ञ मुर्तिद्वारा वल्र्ड रेकर्ड कायम

काठमाडौं – वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओम मूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन्। विश्व मुटु दिवसको अवसर पारेर डा. ओम मूर्ति अनिलले २९ सेप्टेम्बर २०२३ (तद्नुसार २०८० असोज १२ गते शुक्रबार) आफ्नो फेसबुक पेजबाट मुटुरोग रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेका हुन। फेसबुक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा डा. ओम […]

Continue Reading

मानवता नेपाल बाँकेद्वारा भुकम्पमा परी घाइते बिरामी र कुरुवालाई अस्पतालमा भोजनको व्यवस्था

नेपालगन्ज – छोटो समयमै सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरिरहेको मानवता नेपाल बाँकेले गत शुक्रबार जाजरकोट र रुकुम पश्चिममा भुकम्पमा परी उपचारार्थ भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका बिरामी र उनका कुरुवाहरुलाई खाना नास्ताको व्यवस्था गरेको छ । मानवता नेपाल बाँकेका कार्यसमिति सदस्यहरुले थोरै थोरै आर्थिक उठाएर बुधबार भेरी अस्पतालमा निशुल्क खानाको व्यवस्था गरिरहेको अन्जली माता रस‍ोईलाई […]

Continue Reading

भुकम्प पिडितहरुलाई एक्सा पैरेन्टल्स र एक्सादीप फर्माको १३ लाखको औंषधि सहयोग

नेपालगन्ज – गत शुक्रबार गएको बिनाशकारी भुकम्पमा परेका जाजरकोट र रुकुम पश्चिमका बिरामीहरुलाई औसधि उपचार गर्न सहजहोस भनि एक्सा पैरेन्टल्स लिमिटेड रुडकि भारतको सहयोग तथा एक्सादीप फर्मा डिस्ट्रिक्टर्स प्रा . लि. काठमाण्डौको सहकार्यमा १३ लाख बराबरको औंषधि सहयोग गरिएको छ । जाजरकोट तथा रुकुम पश्चिमका भुकम्प पिडितहरुको सहयोगार्थ १३ लाख ८ हजार ७ सय ५० […]

Continue Reading

जाजरकोट र रुकुमका भुकम्प पिडितलाई नरैनापुरबाट सहयोग सामग्री पठाइयो

बाँकेको नरैनापुर गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई २ लाख २५ हजार बराबरको सहायता सामग्री पठाएको छ । कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले प्रभावित क्षेत्रहरुमा बाँकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल मार्फत सहायता सामाग्री पठाएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिनु भयो । नरैनापुर गाँउपालिकाका प्रेस विज्ञ आलम […]

Continue Reading