माण्डवी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु

प्युठान : प्युठानको माण्डवी गाउँपालिकाको आयोजनामा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा गाउँपालिकाको खेलकूद मैदान मार्सीबाङमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका माननीय उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका उपप्रमुख दुर्गा रेग्मी, प्रदेश योजना आयोगका उपाध्यक्ष […]

Continue Reading

स्लो बाइक प्रतियोगितामा यादव प्रथम

नेपालगन्ज – सडक दुर्घटना न्युनिकरण होस् भन्ने अभिप्रायले कानुन समाज सेवा नेपाल बाँकेको आयोजना गरिएको स्लो बाइक प्रतियोगितामा सन्दिप यादवले प्रथम स्थान हासिल गरेका छन । शनिबार नेपालगन्जको सुर्खेत रोडमा गरिएको प्रतियोगितामा ५० मिटरको दुरीलाई सन्दिप यादवले ४ मिनेट ४ सेकेन्डमा पार गरि प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । त्यसैगरी दोस्रो स्थान हासिल […]

Continue Reading

जि.भि.एन. मा.वि. को फुड फेस्टिभल तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेपालगन्ज : बाँकेको नेपालगन्जमा उपमहानगरपालिका मा रहेको ज्ञानोदय विद्या निकेतन ई. मि. माध्यमिक विद्यालयमा फुड फेस्टिभल तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कक्षा नर्सरी देखि कक्षा १० सम्म पढ्ने सानासाना विद्यार्थी भाइबहिनीहरुले पकाएको मीठो मीठो परिकार खानलाई विद्यार्थीका अभिभावक देखि लिएर नगर शिक्षा प्रमुख गोरख बहादुर थापा, प्याब्सन बाँके अध्यक्ष विकास ब्रजाचार्य लगायतको उपस्थित […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिकाको २० मिटर दूरीमा खाल्डाखुल्डी, सवारी चलाउन जोखिम

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका नजिकै सडकमा खाल्डाखुल्डी भएको हुदाँ सवारी चलाउन गाह्राे भइरहेको छ भने सडक पनि कुरुप देखिएको छ । उपमहानगरपालिकाको गेटदेखि २० मिटरको दुरी बि.पी.चोक नजिकै लामो समयदेखि बाटो खनेको उपमहानगरपालिकाले अहिलेसम्म पनि मर्मत नगर्दा उक्त ठाउँमा दुर्घटनामा हुने जोखिम बढी रहेको स्थानीयले बताएका छन् । नगरपालिकाको गेट सामुन्ने भएको जेब्रा क्रसिङ्ग पनि […]

Continue Reading

बाँकेमा १ सय ६९ जना  अनाथ बालबालिकालाई शैक्षिक सहयोग जारी

नेपालगन्ज, पुस १८ । कतार च्यारिटी नेपालसँगको साझेदारी र बाँके युनेस्को क्लब तथा हिल नेपालसँगको सहकार्यमा यहाँ सञ्चालित सामाजिक सुरक्षा परियोजना अन्तर्गत अनाथ बालबालिकालाई शैक्षिक सहयोग जारी रहेको छ । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले दिनु भएको जानकारी अनुसार सामाजिक सुरक्षा परियोजना अन्तर्गत गरिबी र आर्थिक विपन्नताका कारण शिक्षाको पहुँचबाट बन्चित अनाथ बालबालिकालाई शैक्षिक […]

Continue Reading

निबुवा टार टोल विकास संस्थाको अध्यक्षमा पुन

बाँके -बाँकेको राप्ती सोनारी गाउँपालिका वडा न ७ निबुवा टार टोल विकास संस्थाको अध्यक्षमा कमल पुन निर्बाचित भएका छन् । मंगलबार राप्ती सोनारी गाउँपालिका वडा ७ का वडाअध्यक्ष राम लखन थारूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ७ जना कार्यसमिती चयन भएको छ । अध्यक्ष पदमा निर्बाचित भए प्रश्चात अध्यक्ष पुनले संस्थाको सम्पुर्ण कार्यसमितिलाई बधाई दिदै राप्ती […]

Continue Reading

कानुन समाज सेवा नेपाल बाँकेले बालकुमारी घटनाका मृतकको सम्झनामा दीप प्रज्वलन

नेपालगन्ज : कानुन समाज सेवा नेपाल बाँकेले ललितपुरको बालकुमारी घटना मृतक भएकाहरुको सम्झनामा सोमबार दीप प्रज्वलन गरेको छ । पुस १३ गते भएको घटनामा मृत्युु भएका दैलेखका सुजन राउत र अछामका बिरेन्द्र शाहको सम्झनामा स्थानीय बि.पी.चोकमा श्रद्धाञ्जली सभा र दीप प्रज्वलन गरेको संस्थाका अध्यक्ष छत्र सुनारले बताए । संस्थाका सदस्य प्रेम सुनारले सञ्चालन गरेको कार्यक्रममा […]

Continue Reading

नेपालगन्जमा सडक दुर्घटनामा मृत्युु भएकाको अझै सनाखत हुन सकेन

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ मा गएराति १२:४५ बजे भएको सडक दुर्घटनामा मृत्यु भएका मध्ये १ जनाको अझै सनाखत हुन सकेको छैन् ।नयाँ वर्ष इस्वी सम्बत् २०२४ मनाउन सडकमा हिडिरहेका अवस्थामा सु-प्र.प्र. ०१-००१-प ३४७४ नम्बरको  स्कारपियो गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । उक्त ठक्करबाट २ दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो भने […]

Continue Reading

नेपाल राष्ट्रिय कर्मचारी महासंघ र प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको मैत्रीपूर्ण बनभोज कार्यक्रम

नेपालगन्ज – नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघ र प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ बाँकेको आयोजनामा मैत्रीपूर्ण बनभोज कार्यक्रम गरिएको छ ।आज बाँकेको कोहलपुर नगरपालिकामा पर्ने खर्डकवार पार्कमा दुवै महासंघको आयोजनामा बनभोज कार्यक्रम गरिएको नेपाल राष्ट्रिय कर्मचारी महासंघका बाँके जिल्ला अध्यक्ष पवन देव अर्यालले बताए । लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी सोनाम, लुम्बिनी प्रदेश […]

Continue Reading

नेपालगन्ज उद्योग वाणिज्य संघले पुर्व अर्थमन्त्री जनार्दन शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले पुर्व अर्थमन्त्री जनार्दन शर्मा मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । बाँकेको नेपालगन्जमा माओवादी केन्द्रका मधेसी मुक्तिमोर्चा, मुस्लिम र थारु मुक्तिमोर्चाको भेलालाई सम्बोधन गर्न आएका शर्मालाई मौका छोपेर उद्योग वाणिज्य संघको टीमले ज्ञापनपत्र बुझाएको महासचिव भीमबहादुर रानाभाटले बताए ।२० बुदे ज्ञापनपत्र महासंघका अध्यक्ष टंक बहादुर धामीले पढेर […]

Continue Reading