हरपल होलिस्टिक होम केयरद्वारा विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण

नेपालगंज बिशेष लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज : चौबीसै घण्टा घरघरमा नर्सिङ सेवा दिदै आइरहेको हरपल होलिस्टिक होम केयर ए्ण्ड ट्रेनिङ सेन्टर प्रा.लि. द्वार सिटी ईभिटी द्वारा मान्यता प्राप्त तीन महिने केयर गिभर तालिम लिएका विद्यार्थीहरुलाई एक कार्यक्रममा विच प्रमाणपत्र वितरण गरेको छ ।

नेपालगन्जमा रहेको होटल स्वस्तिक कटेजमा भएको प्रमाणपत्र वितरण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य माननीय अम्बिका काफ्ले प्रमुख अतिथि , नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल क‍ोहलपुरका न्युर‍ो सर्जन डा. सुवोध गौतम, डा. अस्मिता नेपाल, सन्जिबनी हस्पिटल नेपालगन्जमा कार्यरत डा. सना किदुवाई लगायतका अतिथिको उपस्थिति प्रमाणपत्र वितरण गरिएको संस्थाकी सचिव सुमन गिरीले बताउनुभयो ।

उक्त कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम देखाएका थिए भने अधिकांश बोल्ने वक्ताहरूले छ‍ोट‍ो समयमै संस्थाले समाजमा उल्लेखनीय काम गरेको चर्चा गर्नुभएको थियो ।

तालिम लिदै गरेका विद्यार्थी सुन्दर पाण्डेले सञ्चालन गरेको कार्यक्रमक‍‍ो अध्यक्षता संस्थाकि अध्यक्ष बसन्ता बि.सी. ले गर्नुभएको थियो । त्यसैगरी स्वागत मन्तव्य संस्थाको उपाध्यक्ष डा. खेमा भण्डारीले राख्नु भएको थियो त्यसैगरी शुभकामना मन्तव्य प्रमुख अतिथि काफ्ले, डा. सुवोध गौतम, डा. सना किदुवाई, अभिवक्ता कपिल घिमिरे, कानुन समाज सेवा बाँकेका अध्यक्ष  छत्र सुनार, लोक दर्शन श्रेष्ठ, केपी घिमिरे लगायतले राख्नुभएको थियो ।

उक्त संस्था ६ जना सदस्यहरु मिलेर जग्गा लिजमा लिएर ५० लाख बढीको लगानीमा नेपालगन्ज उपमहानगरपालिका वडा नं २० राझामा आफनै भवन बनाएर सञ्चालन गरेको अध्यक्ष बिसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *