प्रेस सेन्टर नेपाल बाँकेको दोस्रो पूर्ण बैठकले गर्यो यी निर्णयहरु

नेपालगंज बिशेष


नेपालगन्ज – प्रेस सेन्टर नेपाल बाँकेको आज बसेको दोस्रो पुर्ण बैठकबाट संगठनले विभिन्न निर्णयहरु गरेको छ ।

उक्त  संगठनका अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षतामा बसेको बैठकले संगठन बिस्तार गर्ने क्रममा  स्थानीय तह कोहलपुर नगरपालिका ,  बैजनाथ गाउँपालिका ,राप्ती सोनारी गाउँपालिका  र नरैनापुर गाउँपालिकाको इन्चार्जमा वरिष्ठ उपाध्यक्ष राजेश आचार्य र नेपालगन्ज उपमहानगरपालिका ,खजुरा गाउँपालिका,जानकी गाउँपालिका र डुडुवा गाउँपालिकाको इन्चार्जमा उपाध्यक्ष आलम खानलाई जिम्मेवारी तोकेको छ ।

बैठकले संगठनको कार्यालय स्थापना गर्न आवश्यक र उचित जग्गा  खोज्ने निर्णय  गरेको छ । बैठक तथा कार्यक्रम सन्चालन कार्यविधी बनाउन  कार्यवाहक सचिव केपी घिमिरेलाई जिम्मेवारी दिने ,  आवश्यक तथा तत्काल गर्नुपर्ने कामकारबाही र निर्णय गर्दा पदाधिकारी तथा कार्यलय टिमले गर्ने गरि अख्तियारि दिने निर्णय सर्वसहमतिले पारित गरेको छ । संगठनले सबै पदाधिकारी तथा साधारण सदस्यहरुको परिचयपत्र बनाउने, सदस्यता नयाँ दिने, कार्यालय खोज्ने लगायतको निर्णय गरिएको अध्यक्ष धितालले बताउनुभयो ।

साथै बैठकले आगामी  केन्द्रीय तथा प्रदेश अधिबेशनका लागि महाधिवेशन प्रतिनिधि समेत सर्वसहमतिले छनोट गरेको छ ।

उक्त बैठकमा संगठनका  पूर्व  अध्यक्षहरु सुशील लामिछाने र प्रदिप वाग्लेको उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *