नेपालगन्ज :सन नेपाल लाईफ इन्स्योरेन्सले छैटौं वार्षिकोत्सब समारोह विविध कार्यक्रम गरी मनाएको छ ।
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड छैठौं वार्षिकोत्सबको उपलक्ष्यमा विभिन्न सामाजिक कार्य गरेको बाँके बर्दियाका शाखा प्रवन्धक कमल बहादुर शाहीले जानकारी दिनु भएको छ । जसअनुसार नेपालगन्ज शाखा अन्तर्गत रहेकोे राजापुर उपशाखाले स्थानीय सरकारी अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गरी मनाएको छ , त्यसैगरी भुरीगाँउ उपशाखाले आश्रममा फलफूल वितरण गरेको छ , काेहलपुर उपशाखामा स्थानीय शिव मन्दिर परिसर सरसफाई गरेको छ ।
त्यसैगरी नेपालगन्ज शाखाले मानव सेवा आश्रममा रु १० हजार बराबरको खाधान्न र फलफूल वितरण गरेको प्रवन्धक शाहीले बताउनुभयो ।