कोहलपुर नगरपालिकाको बेथितिका विरुद्ध वाइसीएल कोहलपर नगर कमिटीले बुझायो ज्ञापनपत्र

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह



नेपालगन्ज : कोहलपुर नगरपालिकाले पूर्व सहमति अनुसार गरिएको भाडादर घटाएर आफ्नो मनपरि ढङ्गले भाडादर कायम गरेको प्रति आपत्ति जनाउँदै वाइसीएल कोहलपुरले नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापन पत्रमा भनिएको छ “बाके जिल्ला कोहलपुर नगरपालिकाको स्वामित्वमा रहेको नगर विकास समितिको गत मंसिर २६ गते कोहलपुर नगर प्रमुख तथा नगर विकास समितिका अध्यक्ष पुर्ण प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले पुर्व सम्झौता बमोजिम मासिक दररेटलाइ नै घटाएर नियम बिपरित उक्त जमिन अर्को फर्मलाइ उपलब्ध गराउने निर्णय संकास्पद सेटिङ र कमिसनको चलखेल भएको अनुमान सहजै गर्न सकिने आधारहरु रहेको छ ।

उक्त सार्वजनिक सौचालय निर्माण कार्य गर्ने लुमन्ती नामक संस्थाले सौचालय संरक्षण र शौचालयसंग जोडिएको सटरको एक लाख धरौटी लिइ नब्जी हजामसंग सम्झौता भएको र सो शौचालय लुमन्ती संस्थाले स्थानीय सरकारलाइ हस्ताक्षर गर्दा पनि सो को हेरचाह सोही ब्याक्तीले गर्दै नगर विकास समितिसंग २९,२२८ मासिक भाडा दर कायम गरि सम्झौता गरिएको र सो सम्झौता बि.स.२०८० मसान्तसम्म रहेतापनि उक्त सम्झौता बिना सुचना मनोगत ,पुर्वाग्रह ढंगले रद्द गरि पुनः ठेक्का आव्हान गरियो । उक्त सुचनाको आधार मानी भाडा दर ४५ कबोल गरि दर्ता गर्दा सो ब्याक्तिलाइ नभइ फुल बाटिक कोहलपुर ११ लाई १३ हजार मासिक भाडा दरमा सदर गरिएको निर्णय आपत्ती जनक रहेको वाइसीएलको ठम्याइ छ ।”

वाइसीएल  कोहलपुरका इन्चार्ज अजय परियारद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा थप भनिएको छ “यो गलत निर्णय सच्याउन र आगामी दिनमा यस्ता गलत जन बिरोधि काम न गर्न खबरदारी समेत गर्दछौँ ।”

त्यसैगरी कोहलपुर नगर पालिकाका नगर प्रमुख पुर्ण आचार्यले ज्ञापन पत्रका लागि धन्यवाद दिदै नगरपालिकाबाट त्यस्तो गल्ती नभएको समेत बताउनु भयो ।

हेर्नुहोस् ज्ञापनपत्र :

Leave a Reply

Your email address will not be published. Required fields are marked *