नेपालगन्ज : जनैपूणिर्मा अर्थात डोरी बाध्ने दिन आउन तीन दिन अगाडिदेखि बाँकेको त्रिभुवन चोकमा सडकमा दुकान राखेर चहलपहल सुरु भएको छ ।
शुक्रबार साँझदेखि सडक छेउमा राखी, जनै, डोरी राखेर थुप्रै सडक पसल राखिएको छ । मान्छेहरुको चहलपहल बढी रहेको स्थानीयले बताएका छन् ।

तराईमा जनैपूणिर्मा अर्थात राखी बाध्ने दिनलाई ठूलो चाडपर्वको रुपमा मनाउने गरिन्छ । भदौ ३ गते जनैपूणिर्मा रहेको छ । यो आर्थिक वर्षको पहिलो चाडपर्व भएको हुदा पनि चहलपहल धेरै भएको स्थानीय बासिन्दाले बताएका छन् ।
हेर्नुहोस् केही तस्बिरहरू :


