भोलि सार्वजनिक विदा

मुख्य खबर

नेपाल सरकारले बकर इदको अवसरमा भोलि बुधबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार विदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेखगरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *