आन्तरिक पर्यटकहरुको भिडभाड बढ्दैछ गुल्मीको कङ्के देउराली पर्यटकीय क्षेत्रमा

लुम्बिनी प्रदेश बिशेष


गुल्मी : गुल्मीको मदाने गाउँपालिका मा रहेको कङ्के देउराली पर्यटकीय क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकहरुको भिडभाड बढ्दै गइरहेको छ ।
उक्त क्षेत्रमा भिउ टावर देखि लिएर रिसोर्ट स्थापना भएदेखि पर्यटकहरुको संख्या ह्वात्तै बढेको गुल्मीका गायक सुनिल थापाले बताउनुभयो । अहिले दैनिक दुई सय भन्दा बढी पर्यटकहरु उक्त क्षेत्रमा घुम्न आउने गरेको उहाँले बताउनुभयो ।

छिमेकी जिल्ला अर्घाखाँची, प्युठानको संगम स्थल नजिक रहेको उक्त क्षेत्रमा गुल्मी जिल्लाका अलावा प्युठान, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, पाल्पा लगायतका ठाउँबाट घुम्न आउने गरेको स्थानीय बुद्धिजीवी दशरथ घिमिरेले बताउनुभयो ।

उक्त क्षेत्रबाट हिमाली क्षेत्र नजिकै देखिने, ढोरपाटन क्षेत्र जान नजिक पर्ने, उच्च भेगमा भएको हुदा साच्चिकै स्वर्गको अनुभुती हुने स्थानीय बुद्धिजीवी तथा शिक्षक  खिम बहादुर कुवरले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *