मनकामना स्मार्ट लघु वित्तको आइ पी ओ आज बाँडफाँड हुदै

अर्थ / बाणिज्य

काठमाडौं : मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ आज सोमबार (असार २८ गते) बिहान ९ः३० बजे बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ । यसको  प्री–अलोटमेन्ट गत शुक्रबार नै सम्पन्न भइसकेको छ ।

यो आइपीओमा २० लाख ३६ हजार २४५ जना आवेदकले २ करोड ६५ लाख ७४ हजार ५० कित्ताका लागि आवेदन दिएका छन् । सर्वसााधारणबाट माग भन्दा ७३.१० गुणा बढी आवेदन परेको जानकारी दिइएको छ । सेयर पाउन भाग्यकै भर पर्नुपर्नेछ । 

मनकामना स्मार्टले असार १७ गतेदेखि १०० रुपैयाँ दरको कुल ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ०.५% अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५% ले हुने १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले मनकामना स्मार्ट लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ रेटिङ दिएको छ । यसले निष्कासनकर्ता कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । इक्राले गत फागुन ११ गते उक्त रेटिङ दिएको हो । यो रेटिङ आगामी फागुन ११ गतेसम्म बाहल रहनेछ ।
नेपाली पैसाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *