देशकै सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले हरेक विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गरिरहेको छ । कुनै पनि विषयको परीक्षाको नतिजा प्रकाशित गर्नको लागि लगभग १ वर्ष समय लगाउने गरेको छ ।
त्रि.वि. का क्याम्पसहरुमा एक त पढाइ राम्रोसँग हुदैन त्यसमा पनि परीक्षा भएको ८ देखि १ वर्षसम्म पनि नतिजा प्रकाशित नगर्दा विद्यार्थीहरु अन्योलमा पर्ने गरेका छन् । त्रिभुवन विश्वविद्यालयमा कानुन संकायमा अध्ययनरत विद्यार्थी स्याङ्जाका दिनेश पराजुलीले बताए ।

यसरी देशकै सबैभन्दा ठूलो युनिभर्सिटीले थुप्रै विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गरिरहेको छ यसप्रति विद्यार्थी संगठन र राज्य समेत तै चुप मै चुप रहेको पिडित विद्यार्थीहरुको गुनासो रहेको छ ।
परीक्षा सकिएको तीन महिना भित्र नतिजा प्रकाशित गर्नुपर्ने विश्वविद्यालयको नियम छ तर परीक्षा सकिएको ८ महिनासम्म पनि कानुन संकाय दोस्रो वर्षको नतिजा अहिलेसम्म पनि प्रकाशित नगरेको कानुन संकायका विद्यार्थी खगेन्द्र शाहीले बताए । परीक्षा बैशाख महिनामा दिएको मंसिर महिनासम्म पनि नतिजा ननिकालेको उनलेे बताए ।
कानुन संकायको मात्र नभएर हरेक विभागको नतिजा प्रकाशित गर्न ढिलो गर्ने गरेको अर्का विद्यार्थी कमल हमालले बताए ।

