नेपालगन्ज : कार्तिक १७ गते गएको भुकम्पबाट क्षति भएको घरहरु पुनः निर्माणका लागि अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय फ्याक्सन इन्चार्ज हिमाल शर्माको नेतृत्वमा २०० जना युवाहरू जाजरकोट र रुकुम पश्चिमतर्फ केही युवाशक्ति पुगिसकेको र केही जान लागेको बताएका छन् ।
२०० जनाको टीम लगेर पुनः निर्माणका लागि जादै
रु १० लाख बराबरको नगद प्रधानमन्त्री राहत कोषमा हस्तानतरण गर्ने निर्णय संगठनले गरेको शर्माले बताए ।

जाजरकोट र रुकुम पश्चिमका स्थानीय सरकारसंग कुरा गर्दा पुनः निर्माणका लागि जनशक्ति आवश्यक भएको भनेपछि
प्रचारप्रसार गर्न मात्र नभइ नतिजा दिने गरि काम गर्न खोजेको इन्चार्ज शर्माले बताए ।
जाजरकोट जान लाग्दा बिहीबार नेपालगन्जमा पत्रकार भेटघाट कार्यक्रममा पत्रकारले किन ढिलो जान लागेको भनी प्रश्न सोध्दा शर्माले श्रम योगदान गर्न जाने हो प्रचारप्रसारमा होइन भनि बताए ।
पछिल्लो समयमा देशको राजनीतिक घटनाक्रमलाई कसरी हेर्नू भएको छ भनि सोधेको जवाफमा शर्माले राजतन्त्र ल्याउछौं भनेर कसैले दिवा सपना नदेखे हुन्छ हामी मरेर बाचेका आएका व्यक्ति हौं आवश्यक परेको खण्डमा ठाउँका ठाउँ प्रतिकार गर्नेछौं तर व्यवस्थाका पक्षधरहरु बिच समझदारी हुनु जरुरी भएको बताए ।
देशमा अराजकता फैलाएर केही हुनेवाला छैन,
सामन्ती व्यवस्था वदल्न हजारौंको वलिदानी भएको छ
दलाल पुजीवादलाई प्रमुख दुश्मनका रुपमा लिएर समाजवाद तर्फ जानको लागि आफ्नो पार्टी अगाडि बढिरहेको उनले बताए ।

पत्रकार भेटघाटमा बोल्दै अनेरास्ववियुका फ्याक्सन इन्चार्ज हिमाल शर्मा
