चौथो प्रियसी धमाका २०२३ युएईमा हुने

विश्व

काठमाडौं : ‘चौथो प्रियसी धमका २०२३’ यूएईको बरदुबईमा हुने भएको छ । प्रियसी म्युजिक प्रा.लि. को आयोजनामा असोज १४ गते विविध कार्यक्रमसहित बरदुबईको याक एण्ड यति एभरेष्टमा प्रियसी धमका २०२३ आयोजना गर्न लागिएको हो ।

नेपाली कला संस्कृति, भाषा, सम्पदा संरक्षण, प्रवद्र्धनका लागि उक्त कार्यक्रम गर्न लागिएको दुबईस्थित आयोजक समितिकी पूर्णिमा घिसिङले जानकारी दिइन् । उनले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पनि बताइन् । यसअघि प्रियसी धमका थाइल्याण्ड, सिंगापुर र मलेसियामा पनि आयोजना गरिएको थियो ।

घिसिङका अनुसार नेपालबाट राष्ट्रिय स्तरका कलाकारदेखि प्रवासी नेपाली कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने छ । कार्यक्रममा नेपालबाट चर्चित लोक तथा दोहोरी गायिका टीका पुन, मोडेल तथा गायक दुर्गेश थापा, हाँस्य कलाकार तथा मोडेल सागर लम्साल ‘बले’,  बालकलाकार जेभिन श्रेष्ठ, जिभेस श्रेष्ठ, मौलिक थाली नृत्यांगना एलिजिबा पुर्जा पुन, आधुनिक गायक नरेश बुढाथोकी, मोडेल रचना गौतम, गायक तथा सर्जक डि.आर सुजन, कृष्ण जोशी लगायतका कलाकारको उपस्थिति रहने भएको छ ।

यस्तै प्रवासी नेपाली कलाकारहरु बाबुराम परियार, लोक दोहोरी गायक कमल परियार, लोक दोहोरी गायक प्रकाश पुरी, गायक नीर तामाङ आदिको  प्रस्तुति रहने बताइएको छ । आयोजक समितिमा गीतकार राजेन्द्र पुरी, म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ, मोडल अमन श्रेष्ठ, दिपेश श्रेष्ठ रहेका छन् ।
उक्त कार्यक्रममा केही सामाजिक अभियन्ताहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *