नेपालगन्ज : नेपालगन्जमा रहेको ज्ञानोदय विद्या निकेतन मा.वि. मा यस कक्षा ७,८,९ र १० मा अध्ययनरत विद्यार्थीहरुले आज नेपालगन्ज उपमहानगरपालिका वडा नं ९ को सडक सरसफाइ गरेका छन् ।
विद्यार्थीहरुले सामाजिक उत्तरदायी निर्वाह गर्दै विद्यालयका शिक्षकहरु सहित उपस्थित विद्यार्थीले सरसफाइ गरेका छ्न।
उक्त सरसफाइ कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष, समाजसेवी एवं प्रहरी समेतको उपस्थित रहेको उक्त विद्यालयका प्रिन्सिपल मान बहादुर थापाले बताए ।
