नेपालगन्ज : सामाजिक क्षेत्रमा सदैव अगाडि रहेको पूर्णतारा फाउन्डेसन बाँकेको चौथो वार्षिकोत्सब सम्पन्न भएको छ । उक्त कार्यक्रममा वृद्ध तथा बालबालिकालाई आर्थिक सहयोग देखि पठनपाठनमा सहयोग गरिएको छ ।

समाजसेवी पूर्ण बहादुर रोकाय र तारा कुमारी रोकायको नामबाट सञ्चालन गरिएको पूर्णतारा फाउन्डेसनले गरिब तथा असहाय ९ जना बालबालिकालाई प्रत्येक साल पठनपाठन गराउने काम गरेको छ । संस्थाको अध्यक्ष तारा कुमारी रोकायका अनुसार उहाँका स्व. श्रीमान पूर्ण बहादुर रोकायको परिकल्पना बाट सञ्चालन गरिएको फाउन्डेसनले चौथो वर्षमा आइपुग्दा थुप्रै बालबालिकालाई पठनपाठन तथा वृद्ध तथा गरिबीको रेखामुनि रहेकालाई सहयोग गरेको बताउनुभयो ।


नेपालगन्ज उपमहानगरपालिका का प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु र अरु संस्थाका शुभेच्छुकहरुको उपस्थिति गरिएको कार्यक्रममा १२ जनालाई संस्थाको आजीवन सदस्य र १ जनालाई साधारण सदस्य वितरण गरिएको थियोे । संस्थाको आजीवन सदस्य बन्नेहरुमा डा. डक्ट प्रसाद धिताल, आभा गौतम, हिरा खराल, बसन्ता शर्मा, गौरी पोख्रेल, बिना शर्मा, प्रसन्न राज जोशी, राजकुमार लामा, सत्य देवी जोशी, शोभा गुरुङ, अमृत कुमार थापा, प्रकाश चन्द्र बस्नेत बन्नु भएको छ भने साधारण सदस्यमा नर बहादुर परियार बन्नु भएको छ ।

उक्त कार्यक्रममा आर्थिक रुपले अति विपन्न परिवार जोगि खटिकलाई नगद ५१००/- र दोसल्ला ओडाएर सम्मान गरिएको थियोे, त्यसैगरी पुर्णिामा देवी थापा मगरलाई २१०० नगद र सम्मान गरिएको थियोे साथै ७ जना वृद्ध बुबाआमा लाई कपडा सहित सम्मान गरिएको संस्थाकी अध्यक्ष रोकायले बताउनुभयो ।

उक्त कार्यक्रममा घरको आर्थिक स्थिति कमजोर भएर पठनपाठन गर्न नपाएका ५ जना बालबालिकालाई झोला, किताब, कापी, कलम सहयोग गरिएको थियोे । स्थानीय साथी कृष्ण कटेजमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष नरेन्द्र पाण्डे, साहित्यकार तथा समाजसेवी किरण आचार्य, घरेलुु तथा साना उद्योग महासंघका महासचिव जि.आर. भुषाल, मानवता नेपाल बाँकेकी उपाध्यक्ष सुमन गिरी श्रेष्ठ, नगर प्रहरी प्रमुख इन्द्र जित सुनार, एकल महिला संघकी अध्यक्ष एकमाया बि.क. लगायतको उपस्थिति रहेको थियो ।