नेपालगन्ज : सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आइरहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको वष २०२३/२४ का लागि अध्यक्ष पदमा ला. जयेश जङ्ग शाह सर्वसम्मत चयन भएका छन् ।
आज क्लबको अध्यक्ष ला. बसन्ता शर्माको अध्यक्षतामा बसेको बैठकले अध्यक्षमा ला. जयेश जङ्ग शाह, प्रथम उपाध्यक्षमा ला. डा. रोमन किदुवाई, द्वितीय उपाध्यक्षमा ला. डा. खेमा भण्डारी, तृतीय उपाध्यक्षमा ला. बेबी कुमारी मण्डल, सचिवमा ला. प्रेरणा शर्मा, सहसचिवमा ला. पुष्पा सुवेदी, कोषाध्यक्षमा ला. विजया लक्ष्मी के.सी., कार्यक्रम संयोजकमा ला. सृष्टि श्रेष्ठ लगायतका चयन भएको अध्यक्ष जयेश जङ्ग शाहले बताए ।

क्लबका वर्ष २०१९/२० का अध्यक्ष केपी घिमिरे र वर्ष २०२१/२२ का अध्यक्ष ला. समन गिरी श्रेष्ठ , डा. सुभाष जि.सी. लगायतको उपस्थितिमा भएको बैठकमा पदाधिकारीहरु सर्वसम्मत चयन गरिएको कार्यक्रममा अध्यक्ष ला. बसन्ता शर्माले बताइन् ।

