त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका प्रमुख सहप्राध्यापक युवराज लुइँटेलमाथि अछामको पञ्चदेवल विनायक नागरपालिका–४ का स्थायी घर भएका ललित विष्टले भौतिक आक्रमणको प्रयास गरेका छन् ।
ज्यान मार्ने धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उजुरी दर्ता भएको छ ।आफूलाई करारमा नियुक्ति गर्नुपर्ने भन्दै विष्टले विभागीय प्रमुख लुइँटेललाई पटक-पटक डर,धम्की र त्रास दिँदै आएको विभागीय प्रमुख लुइँटेलको उजुरीमा उल्लेख गरिएको छ । विष्टविरुद्ध मुलुकी अपराध संहिता,२०७४को दफा ११८ (अभद्र व्यवहार गर्न नहुने)बमोजिम जिल्ला प्रहरी कार्यालय परिसरमा हदैसम्मको कारबाही माग गर्दै उजुरी परेको हो ।

प्राप्त सीसीटिभी फुटेजमा वैशाख १३ गते दिउँसो १२ बजेर ४० मिनेदेखि २ बजेर २० मिनेटसम्म विभागीय प्रमुखको कार्यालयमा विष्टले विवाद गर्दै गालीगलौज र हेल्मेटले आक्रमण गर्न खोजेको देखिएको छ ।
साभार कान्तिपुर अनलाइन
